Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनी मारिए

    २ बैशाख २०८०, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    एजेन्सी। युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् ।

    मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो ।

    डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार बाख्मुटको पश्चिममा अवस्थित स्लोभियान्स्कमा रुसले शुक्रबार सात वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । सात जनाको आक्रमणस्थलमा र एक जनाको भग्नावशेषबाट उद्धार गरिएपछि एम्बुलेन्समा मृत्यु भएको हो । आक्रमणमा दुई वर्षको शिशुको पनि ज्यान गएको छ ।

    उक्त आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि रुसी नागरिक सेनामा भर्ती हुन, बोलाइएको बेला उपस्थित हुन तथा देशबाट बाहिर जान नपाउने कानुनमा हस्ताक्षर गरेपछि भएको अल जजिराले जनाएको छ ।

    उक्त कानुनअनुसार अब कुनै पनि नागरिकले अनुमति बिना विदेश भ्रमण गर्न पाउने छैनन् भने हरेक निकायमा राष्ट्रसेवाका निम्ति उपस्थित हुन बेग्लै पत्राचारको आवश्यकता पर्दैन । उक्त कानुनलाई विद्युतीय आदेशका रूपमा मान्यता दिइएको छ । विद्युतीय माध्यमबाटै कुनै नागरिकलाई सूचीकृत कार्यालयमा सेवाका निम्ति बोलाउन सकिने छ ।

    युक्रेन युद्ध प्रारम्भ भएपछि आफ्ना सेनालाई सघाउन नागरिकलाई समेत परिचालन गर्न सकिने घोषणा राष्ट्रपतिले गरेपछि दशौँ हजार रुसीले देश छाडेका थिए ।

    गत वर्षको २४ फेब्रुवरीमा युक्रेनमा रुसी आक्रमण भएपछि एक लाखभन्दा बढी युक्रेनी सैनिक तथा त्यति नै सङ्ख्यामा रुसी सेनाले ज्यान गुमाएका अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार दुवै पक्षका ४० हजार गैरसैनिक पनि युद्ध मारिएका छन् ।

    रुस र युक्रेनले युद्धमा भएको हताहतिबारे आधिकारिक विवरण सार्वजनिक नगरे पनि केही महिनाअघि युक्रेनी सेनाका प्रमुखले स्थानीय सञ्चारमाध्यमलाई नौ हजार युक्रेनी सेनाले वीरगति प्राप्त गरेका बताएका थिए । रुसी अधिकारीहरूले पनि छ हजार सैनिकले ज्यान गुमाएका जानकारी दिएका थिए ।

    संयुक्त राष्ट्रसङ्घले रुस र युक्रेनबाट भागेर युरोपेली देशमा शरण खोज्नेको सङ्ख्या ७८ लाख पुगेको जनाएको छ ।

    युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा अकल्पनीय प्रभाव परेको छ । धान्नै नसक्ने गरी मुद्रास्फीति बढेको छ भने न्यून आय भएका देशका जनताको जीवन कष्टकर बनेको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    १ दिन अगाडि

    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते

    २ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ३ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    १ हप्ता अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    १ हप्ता अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    २ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ३ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    १ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    १ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.