Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कुकुरबारे रोचक र चाखलाग्दा तथ्यहरू

    ४ बैशाख २०८१, मंगलवार,
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    होमराज राई

    झापा । मान्छेले सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गर्दछ । पाणी शास्त्री र मानववैज्ञानिक जोन ब्रेडस् मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गर्ने गर्छन् ।

    ‘इन डिफन्स अफ डग्स’ र ‘एनिमल्स एमोङ्ग अस’ किताबका लेखक जोन ब्रेडसले कुकुरमाथि अहिलेसम्मको गहिरो अध्ययन गरेका छन्ः

    विश्वव्यापी रुपमा कुकुर रुचाउनेहरुको संख्या क्रमिक रुपमा बढ्दै गएको छ । मानवीय सभ्यताको विकास क्रमसँगै कुकुरको साथ रहँदै आएको छ । कुकुरलाई सचेत र बफादार साथीका रुपमा लिने गरिन्छ ।

    यहाँ कुकुरबारे कम जानकारीमा आएका तर रोचक तथ्यहरु समेट्ने प्रयास गरेका छौँ ।

    Contact Us mid side post

    कुकुरको बौद्धिक क्षमता ः

    औषत रुपमा कुकुरको बौद्धिक क्षमता दुई वर्षको बालकको जस्तै हुन्छ । अमेरिकन साइकोलोजिकल एसोसिएसनका अनुसार कुकुरले २५० शब्दसम्म सिक्न सक्ने र त्यसअनुसारका हावभाव प्रस्तुत गर्न सक्छ, जुन दुई वर्षको शिशु बराबर हो ।

    राति कुकुरले झनै मज्जाले देख्न सक्छ ।

    कुकुरको अर्को पक्ष भनेको दृष्टि हो । राति कुकुरले झनै मज्जाले देख्न सक्छ । मानिसको आँखाले पछाडि केही रहेको छरछैन भन्ने देख्न सक्दैन । कुकुरले आफ्नो पछाडि, दायाँबायाँ मज्जाले देख्न सक्छ। कुकुरले २७० डिग्रीसम्मको एन्गलमा देख्ने गर्छ ।

    कुकुरले उत्तर–दक्षिण अक्ष पारेर दिसा गर्छन् ।

    कुकुरले आफ्नो शरीरको सामजस्यता पृथ्वीको चुम्बकीय क्षेत्रसँग भएपछि मात्रै दिसा गर्छ । फ्रन्टियर इन जूलोजी जर्नलमा प्रकाशित भएको अध्ययन प्रतिवेदन अनुसार पृथ्वीको चुम्बकीय क्षेत्रमा हुने सामान्य परिवर्तनप्रति पनि कुकुरहरु संवेदनशील हुन्छन् । चुम्बकीय क्षेत्र सामान्य रहेका बेला कुकुरले उत्तर–दक्षिण अक्ष पारेर दिसा गर्छन् । उनीहरुले पूर्व–पश्चिम अक्ष ‘अभोइड’ गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

    बाइक वा स्कुटर चलाउँदा कहिलेकहिँ कुकुरले किन लखेट्छन् ?

    तपाईंहरुले बाटोमा बाईक, स्कुटर वा कार कुदाउँदा आफ्नो सवारी साधनलाई कुकुरले खेदाएको अनुभव गर्नुभएको होला वा अरुको सवारीसाधन कुकुरले खेदाएको देख्नु भएको होला । कहिल्यै सोच्नुभएको छ कुकुरहरूले किन त्यसो गर्छन् ? वैज्ञानिकरुपमा पुष्टि नभएपनि कुकुरले खेदाउने कारणहरु यस्तो हुन् सक्छन ।

    कुकुरहरूले आफू बसेको क्षेत्रका रूखहरू र सवारी साधनहरूमा पिसाब गरेर आफ्नो क्षेत्र छुट्याउछन् । कहिलेकाहीँ तपाईंले आफ्नो गाडी पार्किङ क्षेत्रमा अथवा कतै राखेको बेला कुनै कुकुरले तपाईंको गाडीको टायरमा पिसाब गर्न सक्छ । र जब तपाईं त्यो ठाउँबाट आफ्नो गाडी लैजानुहुन्छ र अर्को कुकुरको इलाकामा प्रवेश गर्नुहुन्छ त्यसले अन्य कुकुरहरूको गन्ध थाहा पाउँछ र उनीहरूलाई लाग्छ कि अर्को छेत्रको कुकुर आफ्नो क्षेत्रमा पस्यो त्यसैले तिनीहरूले लखेट्न थाल्छन् ।

    कुकुरका परेला ः

    कुकुरका तीन परेला हुन्छन् । दुईवटा सहज रुपमा देखिने हुन्छन् भने एउटा कुकुरका आँखाको भित्री भागमा रहन्छ । त्यसमा अदृष्य टियर ग्ल्याण्ड हुन्छ ।

    भाले कुकुरले पिसाब गर्ने बेला खुट्टा उचाल्नुको कारण ः

    कुकुरले आफ्नो क्षेत्र निर्धारण गर्न पिसाब फेरेर छोड्ने गर्छ । कुकुरहरूले सडक छेउका सवारी साधन, रुख, स्तम्भ वा पर्खालमा पिसाब गर्ने गरेको तपाईं हामीले अक्सर देखिरहेका हुन्छौं । तर यो जनावरको एउटा बानी छ ।

    यो अन्य कुकुरका लागि क्षेत्र विभाजन गर्ने कुरा मात्र थियो । तर यसो गर्दा कुकुरहरूले आफ्नो लागि पनि समस्याको समाधान खोज्छन् । वास्तवमा कुकुरले बाटो बिराए वा टाढा कतै गए भने बाटोमा आफूले फेरेको पिसाबले त्यस क्षेत्रको ठेगाना पत्ता लगाउँछन् ।

    अक्सर तपाईले देख्नु भएको होला कि कुकुरहरुले पिसाब फेरेको स्थान सुँघिरहन्छन् । यो उनीहरुको कुनै बानी नभई एक विशेषता हो ।

    कुकुरहरूले पिसाब गर्दा फेरोमोन्स नामक गन्ध निस्कन्छ । विज्ञहरू भन्छन् कि यो गन्ध कुकुर अनुसार फरक हुन्छ ।

    जिब्रो उल्ट्याएर उनीहरुले पानी पिउछन् ।

    कुकुरले जिब्रोको पछाडिको भागको सहयोगमा पानी पिउँछन् । कुकुरको गाला नहुने भएकाले मानिसले जसरी पानी पिउन सक्दैनन्, त्यसले तीव्र गतिमा जिब्रो उल्ट्याएर उनीहरुले पानी पिउने गर्छन् ।

    कुकुरहरु सुत्दा कुक्रुक्क पर्छन्,

    कुकुरहरु सुत्दा कुक्रुक्क पर्छन्, यसको कारण आफ्ना महत्वपूर्ण अंगहरुको रक्षा र शरीर न्यानो बनाउनु हो ।

    कुकुरको सुन्ने शक्ति

    कुकुरको सुन्ने शक्तिमा सहयोग पुर्‍याउने १८ वटा मसल हुन्छन । मानिसमा यस्ता मसल मात्रै ६ वटा हुन्छन् । कानलाई दायाँ–बायाँ घुमाउनका लागि यी मांसपेशीले सहयोग गर्दछन्। कुकुरले आफ्नो भावना र महशुसलाई कानको माध्यमबाट व्यक्त गर्दछन्।

    कुकुरले श्वास फेर्ने र सुँघ्ने कार्य एकै समयमा गर्न सक्छन् ।

    कुकुरको सुँघ्ने क्षमता मानिसको तुलनामा १० हजारदेखि एक लाख गुणा बलियो हुन्छ । कुकुर खाँदा, सम्भावित खतरा हुँदा र साथीहरू खोज्नको लागि गन्धमा निर्भर हुन्छ। त्यसैले पनि धेरै सुँघ्छन् भन्न आवश्यक छैन। गन्ध नाकमा रहिरहने गरी कुकुरको नाकको बनावट बनेको हुन्छ। 

    सोही कारण अक्सिजन कुकुरको फोक्सो भित्र र बाहिर एकैसाथ जानसक्छ। जसको मतलव कुकुरले स्वतन्त्र रुपमा श्वास फेर्न सक्छन्। सुगन्धित रसायनलाई अवशोषण गर्नका लागि कुकुरको नाक जहिले पनि भिजेको जस्तो हुन्छ । यस्तै भिजेको नाकले उनीहरुको शरीरको तापक्रम व्यवस्थित गर्नलाई पनि सहयोग गर्छ ।

    कुकुरले देख्छ कस्तो ?

    कहिलेकाहीँ तपाईंलाई लाग्न सक्छ कि, कुकुरले कस्तो देख्छ र ? कुकुरले हरियो, पहेँलो, र नीलो रंग त पत्ता लगाउन सक्छ तर कुकुरले रातो रंग भने पहिचान गर्न सक्दैन । यो रंगलाई कुकुरले फरक देख्ने गर्छ ।

    कुकुर मुस्कुराउँछ

    कुकुर मुस्कुराउँछ पनि । हामी जसरी मुस्कुराउँछौँ, त्यसरी नमुस्कुराए पनि जोन ब्रेडसका अनुसार कुकुर आफ्नो मालिकसँग थोरै माया पाउनका लागि मुस्कुराउने गर्छ । कुकुरले आफू खुशी छु भनेर देखाउनलाई पनि मुस्कुराउने अध्ययनबाट देखिएको छ ।

    कुकुरलाई कुनै पछुतो हुँदैन

    कुकुरलाई यो कुराको फिलिङस् हुँदैन कि, आफूले केही गलत गरेँ । तर धेरैलाई के लाग्छ भने कुकुरले आफ्नो गल्तीलाई फिल पनि गर्न सक्छ । कतिलाई त लाग्छ कि, कुकुरले गिल्टी फिल पनि गर्छ । तरु विज्ञानका अनुुसार कुकुरले उक्त समय शारीरिक हाउभाउका कारण प्रतिक्रिया दिन्छ तर उसलाई फिलिङस हुँदैन ।

    श्वासको गन्धबाटै क्यान्सर सेलबारे जानकारी पाउन सक्ने क्षमता हुन्छ ।

    क्यान्सरसहितका अरु रोग पत्ता लगाउनका लागि कुकुरलाई प्रशिक्षित गर्न सकिन्छ । कुकुरमा कुनै पनि व्यक्तिको श्वासको गन्धबाटै पनि क्यान्सर सेलबारे जानकारी पाउन सक्ने क्षमता हुन्छ ।

    कुकुरहरु इर्श्यालु हुन्छन् ।

    कुकुरहरु इर्श्यालु हुन्छन् । उनीहरुको इमोशन मानिसको जस्तो गम्भीर भने हुँदैन । अमेरिकन केनल क्लबका अनुसार कुकुरहरु निष्पक्षताप्रति अति संवेशनशिल हुन्छन् ।

    कुकुरले लामो दूरीको दौडमा चितुवालाई पनि पछि पार्न सक्छ ।

    ग्रेहाउण्ड नामक शिकारी कुकुरले लामो दूरीको दौडमा चितुवालाई पनि पछि पार्न सक्छ । ग्रेहाउण्ड चितुवा जत्तिको तीव्र गतिमा दौडिन सक्दैन (चितुवाको औषत दौडको गति ७५ माइल प्रति घण्टा) तर लामो दूरीको दौडमा भने ग्रेहाउण्डले चितुवालाई पनि पछि पार्न सक्छ ।

    तापक्रम १०१ देखि १०२.५ डिग्री फरेनहाइटसम्म हुन्छ ।

    कुकुरको शरीरको सामान्य तापक्रम १०१ देखि १०२.५ डिग्री फरेनहाइटसम्म हुन्छ । वेब एमडीका अनुसार कुकुरमा १०३ डिग्री फरेनहाइट भन्दा माथिको तापक्रमलाई ज्वरोका रुपमा लिइन्छ ।

    मानिसजस्तै कुकुरले पनि पसिना निकाल्छन्

    जब कुकुरलाई पसिना आउँछ तब मानिसको जस्तै तत्काल शरीर ओसिलो बन्दैन। मानिसले पानीको तरल पसिना बगाउँछ। कुकरले भने फेरोमोनले भरिएको तरल पदार्थ उत्पादन गर्दछ। जुन हानिसले पत्ता लगाउन सक्दैन। कुकुरले खुट्टाका पञ्जाबाट पसिना बगाउँछन्। 

    कुकुरले पनि सपना देख्छन् ।

    मानिसले जस्तै कुकुरले पनि सपना देख्छन् । निदाएका बेला मानिस र कुकुरको मस्तिष्कले समान तरिकाले काम गर्छन् । कुकुर सुतिरहेका बेला उनीहरुले पञ्जा चलाउँछन् भने उनीहरुले सपना देखिरहेका छन् भन्ने बुझ्नु पर्छ ।

    (यो सामग्री बिभिन्न अनलाइनहरुबाट संकलन गरिएको हो ।)

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ४ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ६ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ७ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    २ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ४ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ६ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ७ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.