Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    समाजसेवी दिनबन्धुलाई ‘उत्कृष्ट नागरिक’ सम्मान

    ३ वैशाख २०८०, आइतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    बिर्तामोड । वीरता जेसीजले यसपटक प्रतिष्ठित उद्योगी एवं समाजसेवी दिनबन्धु गोयललाई अभिनन्दनसहित ‘उत्कृष्ट नागरिक’ सम्मान प्रदान गरेको छ ।  प्रत्येक वर्ष आयोजना हुने उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो ।

    वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई नगद अभिनन्दन पत्रले सम्मान गरेको हो । विगत तिन दशक यता निरन्तर समाजिक क्षेत्रमा सहयोग गर्दै आएका गोयलले पछिल्लो पटक झापा भद्रपुरका घरबार विहीन १४ परिवारलाई आवासको प्रबन्ध गरिदिएका छन् ।

    उनले प्रत्येक वर्ष सयौँ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुको साथै विपन्न महिलाहरूलाई जिविकोपार्जनमा आर्थिक सहयोग गर्दै आएका छन् । निस्वार्थ समाजसेवीका रुपमा यस अघि मुलुकका विभिन्न स्थानबाट सम्मानित गोयललाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले अभिनन्दन पत्र प्रदान गरेका थिए ।

    उत्कृष्ट नागरिक सम्मान समारोह २०७९ का संयोजक किरण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष रस्मी बस्नेत, नेपाल कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा छनौट समितिका सदस्य कुमारमणी पोखरेलले वर्ष उत्कृष्ट नागरिकको नाम घोषणा गरेका थिए । वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा जेसीज आस्था वाचन वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले गरेकी थिइन् ।

    सम्मान समारोहमा एक सय बढी संघ संस्थाहरूले उत्कृष्ट नागरिक गोयललाई अपेक्षासहित मायाको चिनो प्रदान गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    ३ दिन अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    ४ दिन अगाडि

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    १ हप्ता अगाडि

    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार

    २ हप्ता अगाडि

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    २ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    ३ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    ३ दिन अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ४ दिन अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    १ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    २ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    २ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    ३ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    ३ हप्ता अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    ४ हप्ता अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    ४ हप्ता अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.