Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो

    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    तनहुँ। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ ।

    निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ४३ हजार एक सय ५६ मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

    उनका अनुसार एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ । निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ । उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन् । भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन् । त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ ।

    देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन् । देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन् । आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन् । बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन् । बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन् । व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन् । व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो ।

    उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् । साथै, बारा निर्वाचन क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा दिउँसो साढे २ बजेसम्म ४० प्रतिशत मतदान भएको छ । निर्वाचन शान्तिपूर्ण अवस्थामा सञ्चालन भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। निर्वाचन आयोगका अनुसार तीन वटै क्षेत्रमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २२ घण्टा अगाडि

    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो

    २ हप्ता अगाडि

    अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

    ३ हप्ता अगाडि

    दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनको निर्णय

    १ महिना अगाडि

    सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति १७ विद्यार्थी सङ्घठनको आपत्ति

    १ महिना अगाडि

    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?

    २ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २२ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २२ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.