Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    २५ औं वर्षगाठको अवसरमा झापा जिल्ला इसाई समाजले मनायो रजत महोत्सव (तस्विर सहित)

    १२ बैशाख २०८१, बुधबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १२ बैशाख २०८१, बुधबार,

    होमराज राई,

    झापा । झापा जिल्ला ईसाई समाजले २५ औं बर्ष पुरागरी रजत महोत्सव मनाएको छ । ईसाई समाजको २५ औं वर्षको अवसरमा मंगलबार सिटी सेन्टर बिर्तामोडको भवनमा भब्य कार्यक्रम गरी रजत महोत्सव मनाएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख संग्रौला , पाष्टर प्रकाश सुब्बा , पाष्टर दानियल सुब्बा , पाष्टर महेन्द्रजंग साम्पाङलगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र प्रसाद संग्रोलाले भने–झापा जिल्ला प्रतिष्ठिट भएको जिल्ला हो । यहाँ बहु–धार्मिक,बह–सांस्कृतिक र बहु–जातिय भएको मुलुकमा कसैको एकलौटी शासन चल्दैन । संविधान २०७२ ले मौलिक हक अधिकारको रुपमा राखिसकेको छ र हाम्रो देश नेपाल धर्मनिरपेक्ष भइसकेकाले छ । यहाँ केहि धार्मिक अतिवादीहरुले आफ्नो मात्र धर्म र सांस्कृति मात्र छ भन्ने सोचभएका अतिवादीहरु यहाँ नभएका होइनन् । तर पनि अझ भारतको अतिवादीहरुले नेपालको हिन्दू अतिवादीहरुलाई उचालेर नेपाली भाइ भाइबीच य्रद्ध गराइरहेको छ । ईसाईहरुले हिन्दूहरुको तुलसी मठमा भद्काएको छैन । त्यसैले सबैले एक–अर्काका धर्मलाई सम्मान गर्न सिक्नुपर्छ उप–प्रमुख संग्रोलाले भने ।

    कार्यक्रममा एनसिएस नेपाल केन्द्रीय अध्यक्ष प्रमुख बक्ता रेभ.प्रकाश सुब्बाले भने–“परमेश्वरको प्रशन्नताको बर्ष आइसकेको छ, त्यहि कुरा घोषणा गर्ने दिन हो रजत महोत्सव भनेको । जब हामी प्रशन्नताको बर्ष घोषणा गर्दा मानिसहरुको जीवनमा खलबल पैदा हुन्छ, तरै पनि हामीले घोषणा गर्नै पर्ने हुन्छ । यो घोषणाले ख्रीष्टियनहरुको एकता हुँदछ । हामी मण्डली मण्डली मिलि एकतामा रहेर परमेश्वरको बर्षको घोषणा गर्नु पर्दछ ।

    झापा इसाई समाजको हिजो बिर्तामोडमा आयोजित २५ औं वार्षिक उत्सव तथा रजत महोत्सवमा सहभागी धार्मिक अगुवाहरुले इसाईहरुबीचको एकतालाई अझ बलियो बनाएर देश र समाजको विकास निर्माणमा लागिपर्ने बताएका हुन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र भइसकेकाले राज्यले एउटा धर्मलाई मात्र पक्षपोषण गर्न नहुने धारणासमेत उनीहरुले राखेका थिए ।

    कार्यक्रम समारोहकाबीचमा झापा जिल्ला ईसाई समाजले आफ्नो २५ औं बर्ष पुरा भएको अवसरमा रजत महोत्सवमा प्रमुख अतिथि,प्रमुख बक्ता साथै बिशिष्ठ अतिथिहरुको बाहुलीबाट स्मारिका पुस्तकको लोर्कापण तथा विमोचनसमेत गरिएको थियो ।

    झापा ईसाई समाजले पूर्वमा रहेका अग्रजले ईसाई समाज मण्डलीहरुप्रति गर्नुभएको योगदान, परमेश्वरको राज्य बिस्तारमा अहोरात्र खटिनुभएका साथै मार्गनिर्देशन दिनुहुने अग्रज ब्यक्तित्वहरुलाई कदरगर्दै अभिनन्दन पत्र साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानित हुनुहुनेमा झापा जिल्लाका अग्रज रेभ एनडी थुलुङ्ग, रेभ दानियल सुव्वा र रेभ जयकुमार चाम्लिङलाई सम्मान गरिएका थिए ।

    त्यस्तै झापा जिल्ला ईसाई समाजद्धारा सम्मानित हुनुभएका ब्यक्तित्वहरु रेभ जीतराज मरण्डी, पा तारा तामाङ, रेभ एनोस गजमेर, ए रमेश गुरुङ, रेभ गोपाल खनाल, बिशप धनबहादुर तामाङ,पा रुवेन राई र ध्रूर्ब शिवाकोटी, रेभ इसाहक सिन्चोउरी, पा क्रिसपास सुव्वा र रेभ अमरदिप कन्दंवा अभिनन्दन पत्र साथै दोसल्ला ओढाएर सम्मानित भएका थिए ।

    झापा जिल्लाले समाजका दिदीबहिनी पूर्व अध्यक्ष,उपाध्यक्ष र सचिवहरुलाई दोसल्ला ओढाई अभिनन्दन पत्रकासाथ सम्मान गरेकी थिइन् । सम्मानीत हुनुहुनेमा दिदिबहिनी समाजका अग्रज श्रीमती तारा चाम्लिङ, किस्मती खनाल, तबिता गुरुङ, कमला धमला,शुसिला राई र सबिता लिम्बु हुन् ।

    कार्यक्रममा प्रमख अतिथिको बाहुलीबाट दिप प्रज्वलनको उद्घाटनगरी झापा जिल्लाको सबै नगर,पालिका र इकाईका अध्यक्षहरुबाट दिप प्रज्वलनगरी रजत महोत्सव २५ औं बर्षगाठ भब्यता तामझामकासाथ समुद्घटन गरिएका थिए ।

    रजत महोत्सव समारोहमा कार्यक्रम प्रमुख अतिथि बिर्तामोड नगर उपप्रमुख नरेन्द्र प्रसाद संग्रौलाले जन्म दिन मनाए । रेभ गोपाल खनालले सुस्वास्थ्य र सफलताको निम्ति प्रार्थना गरिदिएका थिए ।

    कार्यक्रममा झापामा रहेका नगर,पालिका,इलाका र इकाईहरुबाट विभिन्न जातिय तथा सांस्कृतिक पहिरनमा बिभिन्न नृत्य तथा झाकी नाचद्वारा राष्ट्रिय सद्भाव झल्काएका थिए ।

    झापा जिल्ला समाजले भवन निर्माणका लागि निशूल्क जग्गा उपलब्ध गराए बापत जग्गा दाता ए ताराकर्ण राई,सिता तामाङ र महिमा फर्निचर उद्योग बुद्वशान्तिले कार्यालय व्यवस्थापनकाे लागि फर्निचर सम्बन्धि सामग्री उपलब्ध गराए बापत तीन जनालाई दाेसल्ला ओढााई अभिनन्दन पत्रद्वारा सम्मान गरेको छ ।

    झापाको बिर्तामोड स्थित सिटी सेन्टरको पार्टी प्यालेसमा भएको रजत महाेत्सवमा कार्यक्रम प्रमुख बिर्तामोड नगर उप-प्रमुख नरेन्द्र प्रसाद संग्राैला,प्रमुख बक्ता रेभ.प्रकाश सुब्बा,बिशिस्ट अतिथिहरुमा रेभ महेन्द्रजंग साम्पाङ,डिएसपी प्रकाश बिष्ट, पा.बिकाश राई, पा.गंगा आले, पा.टेकबहादुर राई, पा.प्रतापलाल मुखिया, पा.गाेबिन्द खतिवडा, रेभ.जयकुमार चाम्लिङ , रेभ.एनडी थुलुङ, रेभ. दानियल सुब्बा, संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी र किँरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य साथै अन्तरधार्मिक संजाल झापा सदस्य दिलिप जवेगुलगायतका बरिष्ठ ब्यक्तित्वहरु र झापाका पास्टर तथा अगुवाहरुको भव्य र सभ्य उपस्थितिमा सम्पन्न भएको छ ।

    झापा इसाई समाजका अध्यक्ष पाष्टर अम्बरदिप आले मगरको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्ला इसाई समाज रजत महोत्सवका संयोजक पाष्टर राजकुमार नाछिरिङ राईले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन सचिव राजु चाम्लिङले गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    २१ घण्टा अगाडि

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    २ दिन अगाडि

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    ३ दिन अगाडि

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ५ दिन अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    ५ दिन अगाडि

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    ७ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    २१ घण्टा अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    २ दिन अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    ३ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ५ दिन अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ५ दिन अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    ७ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    १ हप्ता अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    १ हप्ता अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    २ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.