Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    अल्ट्रा म्याराथन २०८० को उपाधि  कुँवरलाई

    १२ बैशाख २०८०, मंगलवार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् ।

    सोमबार बिहान ७ बजे जुम्ला सदरमुकाम खलंगाबाट सुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड कुँवरले चार घण्टा ५४ मिनेट १० सेकेन्डमा पुरा गरी प्रथम भएका हुन् ।

    ४ घण्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय ५ घण्टा ८ मिनेट ४१ सेकेन्डमा तोकिएको दुरी पार गरी शेर बहादुर बुढा तृतीय स्थान आउन सफल भएका कर्णाली खेलकुद क्लबका सचिव मधुराज न्यौपानेले जानकारी दिए ।

    यसैबिच ५ घण्टा २६ मिनेट ५५ सेकेन्डमा सो दुरी पार गरेर लाल चन्द्र रावल चौथो, ५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा सो दुरी पार गरेर सोव बहादुर रावतले पाचौ स्थान प्राप्त गरेका छन् ।

    यसैगरी, महिलातर्फ छ घण्टा ६ मिनेट २३ सेकेन्डमा जुम्लाकै मञ्जु रावत प्रथम, ६ घण्टा ५४ मिनेट २७ सेकेन्डभित्र पार गरी गंगा भण्डारी द्वितीय र ७ घण्टा ५ मिनेट ४६सेकेन्डमा पार गरी अनिता बुढा तृतीय भएका छन् ।

    ७ घण्टा ५५ मिनेट ३९ सेकेन्डममा सो दुरी पार गदै उमाकली बुढा चौथौँ र ७ घण्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गदै कुुसाबुुढा रोकायाले पाचौ स्थान प्राप्त गरिन् । प्रतियोगिताको उपाधि जित्ने पुरुष, महिला सबै जुम्लाका हुन् ।

    जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८० खेलमा जुुम्लााबाट रारा हुटुुसम्मको ४९ किलोमिटरमा भाग लिएका ७० जना मध्ये ५१ जना मात्रै रारा पुगेको जनाइएको छ । क्लबले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु १ लाख , ७५ हजार ५० र चौथौँ र पाँचौ हुने खेलाडी २०/२० हजार नगद सहित प्रमाणपत्र प्राप्त गने भएका छन् ।

    म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरुले समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा दौडेका थिए । पुरस्कार  रारातालको किनारमा कार्यक्रम गरी प्रदान गरिने कर्णाली खेलकुद क्लबले जनाएको छ ।

    यसै बिच जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८०को अन्य छोटो दुरीका खेल प्रतियोगितामा गरेर ३ सय जना सहभागी भएका जनाइएको छ ।

    कर्णालीको पर्यटन प्रवर्द्धनका लागी चौथौँ रारा अल्टा म्याराथन सुरु गरिएको हो ।यस प्रतियोगिताले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने उद्देश्य सहित हरेक वर्ष लोकतन्त्र दिवसको अवसरमा जुम्ला–रारा अल्ट्रा म्याराथुन गदै आएका र यो बर्ष पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

    यो सँगै यस जुम्ला–रारा अल्ट्रा म्याराथुनमा अमेरिकाका २ ,भारतका १ आयरल्यान्ड १ र बेलायतका १ जना खेलाडीले भाग लिएका कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ हप्ता अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    २ हप्ता अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    ३ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ हप्ता अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    २ हप्ता अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    ३ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    ४ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    १ महिना अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    १ महिना अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    १ महिना अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.