Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउँछु : सांसद वाग्ले

    १३ बैशाख २०८०, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने जनाएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज देवघाटका मतदातालाई धन्यवाद दिन पुगेका वाग्लेले देवघाटलाई देशकै प्रमुख धार्मिक पर्यटनको केन्द्र बनाई देश तथा विदेशबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी काम गर्ने उल्लेख गरे ।

    धार्मिक आस्थालाई आर्थिक समृद्धिसँग जोड्न सकिने भन्दै वाग्लेले देवघाट गाउँपालिकाका पिछडिएको क्षेत्रलाई विकासको मूलधारमा ल्याउने आफ्नो प्राथमिकता रहेको बताए । प्रतिनिधिसभा सदस्य वाग्लेले राजनीतिलाई मागी खाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य रास्वपाले गर्ने बताए । टीका लगाएर पद पाउने मोडलले राजनीतिलाई भ्रष्ट बनाएको बताउँदै उनले भने, “कुनै ठाउँको टिकट दिनुपर्दा माथिबाट टीका लगाएर पठाइदिने होइन, सम्बन्धित ठाउँका जनताले त्यहीबाट छान्ने हो ।”

    अन्य क्षेत्रमा नाम कमाएर सफल भएकालाई भित्र्याएर बढीमा दुई पटक अवसर दिने परम्परा सुरु गरिने बताउँदै उनले भने, “एउटै मान्छे आजीवन लडिरहने प्रवृत्तिको अन्त्य गरिनेछ । कार्यकर्ताको भद्दा संरचनाले विकृति बढाएको छ । रास्वपा त्यसतर्फ जाँदैन ।” सो अवसरमा सांसद वाग्लेलाई देवघाटका धार्मिक प्रतिष्ठान, विभिन्न सङ्घसंस्था तथा सर्वसाधारणहरुले स्वागत एवं बधाई दिएका थिए ।

    राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक बलबहादुर क्षेत्रीलगायतका नेताले सांसद वाग्लेसमक्ष देवघाटका समस्याको बारेमा जानकारी गराएका थिए । डा वाग्लेले मङ्गलबार व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए ।

    वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट ३४ हजार नौ सय ११ मत प्राप्त गरी डा वाग्ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    ४ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ७ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ७ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ४ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.