Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    इलाम-२ मा आजै मत गणना सुरु गर्ने तयारी

    १५ बैशाख २०८१, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    इलाम । इलाम २ मा आज सम्पन्न उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् ।

     मतगणना आजै रातीबाट सुरु गर्ने तयारी छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको हो । मतदान सम्पन्न पश्चात् मतगणना स्थल सदरमुकामको गौतमबुद्ध सभागृहमा यो समाचार तयार पार्दासम्म मतपेटिका ल्याउने क्रम जारी रहेको छ ।

     आजै राती १०-११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चाँडो मतपेटिका आएको खण्डमा सर्वदलीय बैठक पश्चात् आजै रातीबाट गणना गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ ।

     इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ । मतपेटिकाको ढुवानी ढिलो भएमा भोलिबाट मतगणना गर्ने तयारी छ । ०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित संबिधान सभा अध्यक्ष एवं एमाले नेता सुबासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यहाँ उपचुनाव भएको हो ।

    उपचुनाव यस क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भएको इलामका प्रहरी प्रमुख वासुदेव खतिवडाले बताए ।

    इलामको क्षेत्र नम्बर २ मा उपचुनाव भएपछि आज बिहान ५ बजेबाट साँझ ६ बजेसम्म यातायात बन्द गरिएको थियो ।

    जसकारण इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न ठाउँमा झापा लगायतका जिल्लाबाट आएका यात्रुहरु इलाम झापा सीमावर्ती जोरकलशमा अलपत्र परेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    ५ घण्टा अगाडि

    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

    ६ घण्टा अगाडि

    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट

    २ दिन अगाडि

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    ४ दिन अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    ४ दिन अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    ५ घण्टा अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    ६ घण्टा अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    २ दिन अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    ४ दिन अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ४ दिन अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    १ हप्ता अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    २ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    २ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.