Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    सिकाई सम्बन्धी बालबालिकाहरूका लागि “ब्यूटिफूल माइण्ड”  एप्सको उद्घाटन

    १४ बैशाख २०८०, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । अटिजम, मष्तिष्क पक्षघात, डाउन सिण्ड्रोम, बौद्धिक लगायतका सिकाई सम्बन्धी समस्या भएका बालबालिकाहरूलाई दैनिक क्रियाकलाप गर्न तथा आधारभूत शिक्षा सम्बन्धी सिकाईका लागि “ब्यूटिफूल माइण्ड” नामक मोवाइल एप्सको उद्घाटन गरिएको छ ।

    अटिजम केयर नेपाल सोसाइटी तथा वल्ड एजुकेशनको अग्रसरतामा “नेपालमा उपलव्ध पहुँचयुक्त शैक्षिक श्रोतहरूको विस्तार” कार्यक्रमको आयोजना गरि राजधानीमा सो मोवाइल एप्सको उद्घाटन गरिएको हो । मोवाइल एप्सलाई सिकाई सम्बन्धी समस्या भएका बालबालिकाहरू आफैले उद्घाटन गरेका थिए ।

    उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै वल्ड एजुकेशनका राष्ट्रिय निर्देशक हेलेन शेर्पाले सिकाई सम्बन्धी समस्या भएका बालबालिकाहरूलाई दैनिक क्रियाकलाप गर्न तथा आधारभूत शिक्षा सम्बन्धी ज्ञान प्रदान गर्नका लागि यो मोवाइल एप्स अत्यन्तै उपयोगी रहेको बताउँनु हुँदै आफ्ना बालबालिकाहरूलाई अभिभावहरू आफैंले नै घरमा बसिबसि सिकाउन सक्ने हुनाले विद्यालयसम्म पुग्न नसकेका बालबालिकाहरूलाई पनि सहज हुने भएकोले यस कार्यमा हातेमालो गर्न पाएकोमा अत्यन्त खुसी लागेको बताए।

    उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा तथा मानव श्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाका निर्देशक डा. दिव्या दवाडीले यो एक राम्रो शुरूवात भएकोले यसलाई अझ राम्रो पार्दै जानका लागि आवश्यकता अनुसार परिमार्जन तथा अपडेट गर्दै लैजानु पर्ने सुझाव दिनुहुँदै सो एप्स प्रयोग गर्ने तरिका बारे अभिभावकहरूलाई सिकाउनु पर्ने पक्ष चाहिँ चुनौतीपूर्ण रहेको बताइन ।

    कार्यक्रममा उपस्थित सहभागीहरूलाई स्वागत गर्दै अटिजम केयर नेपाल सोसाइटीका अध्यक्ष डा. सुनिता मलेकु अमात्यले यस एप्स निर्माणमा सबैको महत्वपूर्ण भूमिका तथा सहयोग रहेको बताइन । त्यसैगरी अटिजम केयर नेपाल सोसाइटीका परियोजना व्यवस्थापक सुरेन्द्र बज्राचार्यले यस एप्स निर्माण गर्ने क्रममाः विभिन्न संघसंस्था तथा सरकारी निकाय लगायतका सम्बन्धित सरोकारवालाहरूसँग पटकपटक भेटघाट तथा छलफल गरि उनीहरूबाट आएको सल्लाह तथा सुझाव अनुसार एप्स तयार गरिएको जानकारी दिए ।

    उद्घाटन कार्यक्रममा मोवाइल एप्स बारे जानकारी दिदै सो एप्स निर्माणमा प्राविधिक भूमिका निर्वाह गर्नुहुने सचिन श्रेष्ठले नेपाली तथा अंग्रेजी दुबै भाषामा चलाउँन सकिने यो एप्समा शब्द, चित्र, दृष्य तथा एनिमेशनको प्रयोग गरिएकोले बालबालिकाहरूले अत्यन्त रूचाएर प्रयोग गर्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा सहभागीहरूले सिकाई सम्बन्धी समस्या भएका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित रहनु परेको अवस्थामा अब यो एप्सबाट पनि सिक्न सक्ने हुनाले यो अत्यन्त उपयोगी रहेको बताए ।

    नेपालमा अटिजम सम्बन्धी कुनै पनि जानकारी नभएको तर अटिजम सम्बन्धी समस्या जटिल रहेको अवस्थालाई मध्यनजर गर्दै अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूको अभिभावकहरूको पहलमा सन् २००८ मा अटिजम केयर नेपाल सोसाइटीको स्थापना भएको हो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    ३ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ७ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ७ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ३ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.