Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    आफन्त नेपालको परियोजना समिक्षा कार्यक्रम : दुईवटा सुरक्षा निकायसहित तीन संस्थालाई सम्मान

    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्यको अभियान भन्ने मुल नारासहित नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा सक्रिय गैर सरकारी संस्था आफन्त नेपालले परियोजना समिक्षा कार्यक्रमको अवसरमा काँकरभिट्टा सिमानाकामा रहेर मानव बेचबिखन नियन्त्रण तथा रोकथाममा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दैं दुईवटा सुरक्षा निकायसहित एउटा संस्थालाई सम्मान गरिएको छ ।

    आइतबार झापाको मेचीनगरमा “मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्यको अभियान” भन्ने मुल नारासहित गैर सरकारी संस्था आफन्त नेपालले परियोजना समिक्षा कार्यक्रमको अवसरमा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीलेको बाहुलीबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मीमबहादुर लामा, सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठ र साना हातहरु संस्थाका रमेश गुरुङ्गलाई सम्मान पत्रद्धारा सम्मान गरेको हो ।

    संस्थाका अध्यक्ष एवम् क्षेत्रीय व्यवस्थापक उषा गुरुङ्गको सभाध्यक्षतामा भएको कार्यक्रममा मानव बेचबिखन र लैङ्गिक हिंसामा परेका र हिंसाको उच्च जोखिममा रहेका महिला तथा बालबालिकाहरुको उद्धार, पुनःस्थापना कार्यको लागि समन्वय र सहकार्यको निम्ती अहम भूमिका निर्वाह गरेको भन्दैं र यस कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरिएको उनको भनाइ थियो ।

    संस्थाका काँकरभिट्टा शाखा प्रमुख मात्रिका (सरोज) गुरुङ्गले संस्थाले सन् २०२२ र २०२३ मा गरेका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सन् २०२२ मा संस्थाले काँकरभिट्टा नाकामा ३ हजार १ सय ४५ जना र सन् २०२३ मा ६ हजार ३ सय ८३ जनालाई सूचना सम्पे्रषण गरेको प्रतिवेदनमा उल्लेख छ ।
    त्यसैगरी, क्रमस १ हजार २ सय ९ र १ हजार ७ सय २३ जनालाई परामर्श सेवा, १ सय १६ र १ सय २५ जनालाई उद्धार तथा अवरोध, ८९ र १ सय २१ जनालाई प्रहरीको सहयोगमा घटना व्यवस्थापन, ४५ र ९४ जनालाई आपतकालिन आवास गृह सेवा प्रदान, १ सय ९ र १ सय ११ जनालाई पारिवारिक पुनःमिलन, ३/३ जनालाई कानूनी सहायता र ७ र १३ जनालाई सेफ होममा राखेको प्रतिवेदनमा उल्लेख छ ।

    शाखा प्रमुख गुरुङ्गले प्रस्तुत गरेको दुईवर्षको प्रतिवेदनमा विभिन्न सीपमुलक तालिमका लागि २० जनालाई पुनःस्थापना केन्द्रमा सिफारिस गरेको उल्लेख छ ।

    संस्थाका कर्मचारी कृतिका थामीले स्वागतसहित आफ्नो विगत र वर्तमान प्रस्तुत गर्दै अहिले आफ्नो भविष्य उज्वलभएकोमा आफन्त नेपाल वास्तवमा आफन्त वा अभिभावक भएको स्पष्ट पार्नुभयो ।

    बिभिन्न सरोकारवाला संघ–संस्थाहरुको सहभागीतामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मीमबहादुर लामा, माइती नेपालका गोविन्द घिमिरे, साना हातहरुका रमेश गुरुङ्गलगायतले बोल्नुभएको कार्यक्रममा संस्थाका कर्मचरी सीता अधिकारीले सञ्चालन गर्नुभएकी थिइन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण

    १ दिन अगाडि

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन

    १ दिन अगाडि

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    १ हप्ता अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    १ हप्ता अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    २ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण
    १ दिन अगाडि
    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    १ दिन अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    १ हप्ता अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    १ हप्ता अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    २ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    २ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    २ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    २ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.