Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    दुई महिनाको बीचमा अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

    १८ बैशाख २०८०, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । पछिल्लो २ महिनाको बीचमा अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । सन् १९८५ मा स्थापना भएको फर्स्ट रिपब्लिक बैंक टाट पल्टिएपछि नियामक निकायले स्वामित्व नियन्त्रणमा लिएर जेपी मोर्गन चेजलाई बिक्री गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । फर्स्ट रिपब्लिक बैंक अमेरिकाको १४औं सबैभन्दा ठूलो बैंक थियो । बैंकलाई नियामकीय निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले नियन्त्रणमा लिएर जेपी मोर्गनलाई हस्तान्तरण गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

    १३ अप्रिल २०२३ सम्म, फर्स्ट रिपब्लिक बैंकको कुल सम्पत्तिमा लगभग २२९.१ बिलियन डलर र कुल निक्षेपहरूमा १०३.९ बिलियन थियो । सबै निक्षेपहरू ग्रहण गर्नुको अतिरिक्त, जेपी मोर्गन चेस बैंक, नेशनल एसोसिएसन, फर्स्ट रिपब्लिक बैंकको सबै सम्पत्तिहरू खरिद गर्न सहमत भएको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले उल्लेख गरेको छ ।

    फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन र जेपी मोर्गन चेस बैंकबीच बैंक टाट पल्टिएपछिको अवस्थामा हुने घाटा दुवैले व्यहोर्ने सममति भएको जनाएको छ ।

    फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन र जेपी मोर्गन चेस बैंकबीच फर्स्ट रिपब्लिक बैंकको स्वाीत्व लिएपछिको घाटा संयुक्र रुपमा बहन गर्ने सम्झौताले कभर गरिएको ऋणमा घाटा र सम्भावित रिकभरीहरू साझा गर्ने जनाइएको छ ।

    उक्त घाटा संयुक्त रुपपमा बहन गर्नेगरी भएका कारोबारले सम्पत्तिलाई निजी क्षेत्रमा राखेर अधिकतम रिकभरी गर्ने प्रक्षेपण गरिएको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले उल्लेख गरेको छ ।

    मार्चमा अमेरिकामा ठूला बैंकहरूको समूहले फर्स्ट रिपब्लिकन बैंकलाई स्थायित्व दिनका लागि ३० अर्ब अमेरिकी डलर उपलब्ध गराएका थिए । तर त्यसले टाट पल्टिनबाट रोक्न भने सकेन । जेपी मोर्गनले भने अब उक्त ३० अर्ब डलर फिर्ता हुने बताएको छ ।

    समग्रमा, फर्स्ट रिपब्लिकन बैंक २००८ को वित्तीय संकटमा असफल भएको वासिंगटन म्युचुअल पछि टाट पल्टिने दोस्रो ठूलो बैंक रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

    २०२३ को पहिलो ३ महिनामा मात्रै १०२ बिलियन अमेरिकी डलर निक्षेप झिकेको खुलासा फर्स्ट रिपब्लिकले गरेको थियो । अमेरिकामा गत मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको थियो । जसले बैंकिङ संकट उत्पन्न हुने शंका गरिएको थियो ।

    फस्ट रिपब्लिक बैंकको पनि सिलिकन भ्याली बैंकको जस्तै स्टार्टअपमा बढी लगानी रहेको न्यूयोर्क टाइमम्सले उल्लेख गरेको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई

    २ दिन अगाडि

    हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार

    ३ दिन अगाडि

    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?

    ७ दिन अगाडि

    ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन

    १ हप्ता अगाडि

    सफल नेतृत्वको खोजी: शक्ति कि सेवा ?

    २ हप्ता अगाडि

    ह्वाट्सएपमा गज्जबको नयाँ फिचर आउँदै

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई
    २ दिन अगाडि
    हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार
    ३ दिन अगाडि
    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?
    ७ दिन अगाडि
    ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन
    १ हप्ता अगाडि
    सफल नेतृत्वको खोजी: शक्ति कि सेवा ?
    २ हप्ता अगाडि
    ह्वाट्सएपमा गज्जबको नयाँ फिचर आउँदै
    २ हप्ता अगाडि
    थाईल्यान्ड र क्याम्बोडियाबीच युद्धविराममा सहमति
    २ हप्ता अगाडि
    मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता
    ३ हप्ता अगाडि
    राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनु गम्भीर : ओली
    ३ हप्ता अगाडि
    महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी
    ४ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.