Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नेपाल र यूएईको खेल मंगलबार हुने

    १८ बैशाख २०८०, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलले मंगलबार पनि निरन्तरता पाउने भएको छ । मंगलबार बिहान ९ बजेदेखि खेल सुरु हुनेछ । सोमबार वर्षाले खेल बिथोलिन पुग्यो ।

    नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जाँदा दोस्रो पटक खेल रोकिएको थियो ।

    दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोएिकपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरे । यूएईले यही स्थितिबाट वैकल्पिक दिन राखिएको मंगलबारको खेल सुरु गर्नेछ । खचाखच दर्शकले भरिएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राखेको थियो ।

    चौथो ओभरको पहिलो बलमै सोमपाल कामीले मोहम्मद वासिमलाई ११ रनमा आउट गरेपछि नेपालले विकेट लिने क्रम सुरु गरेको थियो । त्यसको अर्को ओभरमा करण केसीले वृत्या अर्विन्दलाई ८ रनमा आउट गरि नेपाललाई ठुलो सफलता दिलाएका थिए ।

    करणले नै आर्यन लर्कालाई १३ रनमा पहिलो स्लिपमा क्याच गराए । रमिज सेहजादलाई ललित राजवंशीले १ र पूर्व कप्तान रोहन मुस्ताफालाई सन्दीप लामिछानेले २ रनमा आउट गरेपछि यूएई १४ औं ओभरमा ५१–५ को स्थितिमा पुगेको थियो ।

    आसिफ खान र बसिल अहमदले छैटौं विकेटमा ३९ रनको साझेदारी गरे । यो बीचमा वर्षाले खेल आधा घन्टा अवरुद्ध पारेको थियो । गुलशन झाको बलमा इनसाइड एज लागेर बोल्ड भएका बसिलले २७ बल खेली १ चौकासहित १० रन बनाए ।

    आयन खानले ५ रनमा सन्दीप लामिछानेले आउट गरे । ललितले आसिफ र जाहुर खानलाई लगातार बलमा आउट गरे । त्यसपछि खेल पुनः वर्षाले अवरुद्ध हुन पुग्यो । नेपालविरुद्ध विश्वकप लिग-२ को पछिल्लो खेलमा शतक बनाएका आसिफले ५४ बलमा ४६ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    २ हप्ता अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    ३ हप्ता अगाडि

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    ३ हप्ता अगाडि

    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार

    ४ हप्ता अगाडि

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    ४ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    २ हप्ता अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ३ हप्ता अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    ३ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    ४ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    ४ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    १ महिना अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    १ महिना अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.