Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    दयाहाङ र मिरुना स्टारर ‘घरज्वाइँ’ टिजर रिलिज

    ३० बैशाख २०८१, आईतवार,
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं,

    अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले लगातार फिल्ममा काम गरिरहेका छन् । अघिल्लो वर्ष मात्र उनीहरुको तीनवटा फिल्म ‘जारी’, ‘नाङ्गो गाउँ’ र रंगेली’ रिलिज भए ।

    यतिबेला यो जोडीको ‘मनसरा’ हलमा प्रदर्शनरत छ । अब आगामी असार २८ गतेबाट उनीहरुको अर्को नयाँ फिल्म ‘घरज्वाइँ’ प्रदर्शनमा आउने तयारीमा छ । आइतबार यो फिल्मको टिजर सार्वजनिक गरियो ।

    १ मिनेट ५७ सेकेण्ड लम्बाईको टिजरले दयाहाङ र मिरुनाबीचको सम्बन्धलाई देखाएको छ । शिक्षण पेशामा आबद्ध दयाहाङको पात्रले मिरुनालाई मन पराउँछ । जब बिहेको कुरा गर्न ऊ मिरुनाको घर जान्छ, तब मिरुनाका पिता (शिशिर बाङ्गदेल)ले घरज्वाइँ बस्नुपर्ने सर्त अगाडि सार्छन्, जुन स्वीकार्न ऊ तयार छैन ।

    फिल्मले घरज्वाइँ संस्कृतिको कथालाई उठाएको टिजरले छनक दिन्छ ।

    अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, भोलाराज सापकोटा, कविता आले, शिला आले, राज थापा, खड्कबहादुर पुन (खबपु), अनु थापा, विना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको पनि अभिनय छ । जनक घर्ती मगरको निर्माण रहेको फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन् । पूर्वी रुकुम जिल्लामा फिल्म खिचिएको हो ।

    जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक मगर स्वयंले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

    हर्क साउद र राम अविरल विष्टको शब्द रचना तथा मनोज थापा र एसडी योगीको संगीत रहेको फिल्मलाई नेपालमा वितरण गर्ने अधिकार आरआर फिल्म्सले लिएको छ ।

    फिल्मीखबर,

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    १ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    १ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.