Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगर ईसाई समाजले मनायो रजत महोत्सव, अग्रजहरुलाई सम्मान (तस्बिरहरु सहित)

    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    – होमराज राई

    १ जेष्ठ २०८१ मंगलबार,

    मेचीनगर । झापा जिल्लाको मेचीनगर ईसाई समाजले आफ्नो स्थापनाको २५ औं बर्ष पुरागरी रजत महोत्सव मनाएका छन् । मेचीनगर ईसाई समाजको २५ औं वर्षको अवसरमा सोमबार पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक भवन धुलाबारीमा भब्य कार्यक्रम गरी रजत महोत्सव मनाएको हो ।

    मेचीनगर ईसाई समाज र मेचीनगर आमा–दिदीबहिनी समाजको संयूक्त आयोजनामा भएको रजत महोत्सवमा समाजको अध्यक्ष पास्टर राजु खड्काको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि डा.रेभ मंगलमान महर्जनले भन्नुभयो,–“बदला लिने काम हामीले कहिलै गर्नु हुँदैन । बरु शत्रुहरु भोकाएको वा तिर्खाएको छ भने खानेकुराले तृप्त पार्ने काम हामीले गर्नुपर्दछ । हामी स्वार्थी हुनुहुदैन,हामीले पाएको मुक्ति, असल कुराहरु अरुलाई पनि दिन् पर्दछ ।, उहाले भन्नुभयो,– अतिथि सत्कार गर्ने काममा नथाक, पीडितहरुलाई सहयोग गर, खेदो गर्नेहरुलाई नसराप, आशिर्वाद देऊ,रुनेहरुसंग रोओ, अहंकारनगर, तिम्रो शत्रु भोकाएको छ भने खुवाऊ, खरावी गर्नेहरुलाई भलाईले जित, अरुबाट के चाहन्छौं आफैबाट अरुलाई त्यही दिन शुरु गरौं ।”

    त्यसैगरी कार्यक्रमको बिशिष्ठ अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले भन्नुभयो,–“अहिले डा. मंगलमान महर्जन ज्यूले भनिरहनु भएको कुरा सुन्दा मलाई समय अगुग भयो कि जस्तो लाग्यो मेरो हतारले गर्दा ।, मानव उपयोगी, सामाजिक उपयोगी, समाज शास्त्रीय हिसावले उत्कृष्ट समाज निर्माण गर्ने दर्शनको रुपमा उहाँले यहाँहरुकोबीचमा धारणाहरु पस्किरहनु भएको थियो । समग्रमा भन्दा मानवताको लागि सोच, दृष्टिकोण र व्यबहार आजको आवश्यकता हो । त्यो मानवताबारे उपयोगी सोच व्यबहार सबैभन्दा महत्वपूर्ण हो । उहाँको यो उपयोगी भनाइ अनुसार चल्यो भने असल चरित्रवान समाज निर्माण हुन्छ भन्ने मलाई लाग्छ ।


    कार्यक्रम महोत्सव समारोहको बीचमा समाजले अग्रज तथा समाजका संस्थापक अध्यक्षदेखि लिएर सम्पूर्ण पूर्वाध्यक्षहरु, नगरको पहिले सेवकाइ गर्नुहुने पास्टरहरु, आमा दिदीबहिनीहरुका संस्थापक समितिहरु र अध्यक्षहरु त्यसैगरी जवान संगतीका अध्यक्षहरुलाई सम्मान गरिएको छ ।


    सम्मानीत हुनुहुनेमा मेचीनगरभित्र रहेर पहिलो पास्टरीय सेवाकाइको भूमिका निभाउनु हुने रेभ.इसाहक सिन्चेउरी, मेचीनगरमा रहेका मण्डलीहरुमध्ये पहिलो ईसाइ बन्ने ब्यक्ति यलिया दाहाल, मेचीनगर ईसाई समाजका पहिलो अध्यक्ष फादर बालकृष्ण मैनाली, क्रमश अध्यक्षहरुमा पास्टर तारा बहादुर तामाङ, फादर दशरथ खडिया, पास्टर रामकुमार थापा, रेभ.गोपाल खनाल र पास्टर मनोज गुरुङलगायत सम्मान पत्रका साथ सम्मानीत हुनुभएका छन् भने पूर्वाध्यक्ष रेभ एनोस गजमेर सम्मानीत हुनुपर्नेमा छुट्नुभएकोमा सभाध्यक्ष खड्काले यसको सम्पूर्ण जिम्मा आफू लिदै क्षमा याचना गर्नु भएको छ ।

    सम्मानीत हुनुहुने आमा दिदिीबहिनीहरुमा संस्थापक अध्यक्ष सुजन दाहाल, उपाध्यक्ष मनुषा तामाङ, सचिव लिली मुखिया तामाङ, कोषाध्यक्ष तबिता गुरुङ र सदस्यहरुमा मार्था सुव्वा, रुथ अधिकारी हुन भने पूर्वाध्यक्षहरु तविता गुरुङ, शान्ति गजमेर, राजकुमारी राई, शुसिला राई, मरियम राई र अरुणा आङदेम्बे रहेकी छन् ।

    त्यस्तै मेचीनगर जवान संगतीले पहिलो अध्यक्ष पास्टर बाला तामाङ, रेभ. शमूएल तामाङ, तरुण राई, अ. पावल राई र योना श्रेष्ठलगायतलाई उहाँहरुको गरिमामय योगदानप्रति कदर गर्दै सम्मान गरिएका छन् ।

    यस बृहत रजत महोत्सव कार्यक्रममा संघिय राष्ट्रिय लोकतान्त्रिक मञ्चका मेचीनगर अध्यक्ष सुकबीर कन्दङवा,जसपा नगर अध्यक्ष ओमप्रकाश खापुङ, आदिवासी जनजाति महासंघ झापा जिल्ला (कावा) अध्यक्ष केवलराम राई, जसपा केन्द्रीय सदस्य धनमान गुरुङ र एनसिएफएन कोशी प्रदेश अध्यक्ष पास्टर गंगा आले, झापा जिल्ला ईसाई समाजका अध्यक्ष पा अमरदिप आले, भद्रपुर ईसाई समाजका अध्यक्ष पा.मर्कुस राई, पास्टर दिलिप घतानीलगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुर्दै हिजोको पंचायतीकालमा इसाईहरुले आफ्ना आस्था र बिश्वासलाई मानिसहरुको बीचमा पुर्याउन पाइदैनथ्यो । जसले आफ्नो आस्था र बिश्वासलाई बाड्दथ्यो उनीहरुलाई राजद्रोहको मुद्धामा परेर जेल जीवन बिताउनुपथ्र्यो । त्यस्तो परिस्थितिमा एक जना दुइजनाबाट सुरु भएको मण्डली आज यस नगरमा दश हजारभन्दा बढीले संगती गरेको कुरा अवगत गराउनु चाहन्छु पास्टर नवीन शर्माले भन्नुभयो। अहिले यो मेचीनगरमा सकृयरुपमा असीवटा चर्चहरुले परमेश्वरको राज्य बिस्तारको काम गरिरहेको पास्टर शर्माले बताउनु हुन्छ ।

    समाजले आफ्नाे नगरभित्र रहेका चर्चहरुकाे इतिहास र सेवकाइ याेगदानहरकाे संगालाे स्मारिका बिमाेचन कार्य अतिथिहरद्वारा गरिएका थिए ।

    कार्यक्रममा विभिन्न चर्चहरुका भाइबहिनीद्वारा नृत्य र गायन प्रस्तुत गरेर राेचक तुल्याउनका साथै उपस्थित आशिषित भएका थिए ।

    नगरले गरेको ऐतिहासिक रजत महोत्सव कार्यक्रमको सुरुको प्रार्थना रेभ गोपाल खनालले गर्नुभएको थियो भने स्वागत मन्तब्य झापा जिल्ला ईसाई समाजका पूर्वध्यक्ष एल्डर रमेश गुरुङले गर्नुभएको थियो ।

    पासाङ ल्हामु स्मृति जेसिस सामुदायिक भवनमा भएको रजत महाेत्सव कार्यक्रममा झापाका मेचीनगरमा रहेका सम्पूर्ण पास्टर अगुवा साथै चर्चकाे सदस्यहरुकाे भव्य उपस्थितिमा भएको कार्यक्रम सञ्चालन समाजको सचिव तरुण राईले गर्नुभएको थियो भने सम्मान कार्यक्रमकाे सञ्चालन समाजको उपाध्यक्ष भीम खड्का ,आमा दिदीबहिनीका अध्यक्ष सलिना तामाङ,जवान संगतिका अध्यक्ष जनक बस्नेतले गर्नुभएकाे थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ४ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ६ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ७ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    २ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ४ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ६ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ७ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.