Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    पर्साका वरिष्ठ कृषि विकास अधिकृत भ्रष्टाचारमा दोषी ठहर, ६ महिना कैद हुने

    १ जेष्ठ २०८०, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं ,

    जिल्ला कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सोही मुद्दामा अन्य चारजनालाई पनि सजाय सुनाइएको छ भने एकजनाले सफाइ पाएका छन् । 

    विशेष अदालतले सिन्हालाई ६ महिना कैद हुने फैसला गरेको छ । उनलाई एक लाख ४६ हजार रुपैयाँभन्दा बढी जरिवाना तथा उति नै रकम असुलउपर गर्ने फैसला भएको विशेष अदालतका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले जानकारी दिए । 

    विशेषका न्यायाधीशद्वय बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले सोमबार यस्तो आदेश दिएको हो । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जका सब इन्जिनियर राकेशकुमार महतोलाई पनि एक वर्ष कैद हुने फैसला भएको छ । 

    यस मुद्दामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यान्वयन इकाइका सञ्चालक समिति अध्यक्ष रामेश्वर महतो कोइरीलाई पनि सजाय सुनाइएको छ । उनलाई तीन लाख ६७ हजार जरिवाना र त्यति नै रकम जफत हुने फैसला भएको हो । 

    यसैगरी, दुईजना निर्माण व्यवसायीलाई पनि जरिवाना तथा असुलउपर गर्ने फैसला भएको छ । नितु कन्स्ट्रक्सनका सञ्चालकहरू रामलाल राउत कुर्मीलाई ५४ हजार ४ सय २३ रुपैयाँ जरिवाना र यति नै रकम जफत गर्ने तथा अर्का निर्माण व्यवसायी सन्नी यादवलाई पनि ९२ हजार ८ सय रुपैयाँ जरिवाना तथा उति नै रकम जफत गर्ने फैसला भएको छ । 

    यस मुद्दामा लेखापाल सत्यनारायण सहनीले भने सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई विपक्षी बनाउँदै ९ जेठ ०७६ मा मुद्दा दायर गरेको थियो । पर्सास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइ (तरकारी जोन) मा उल्लेखित पदाधिकारीहरूले भ्रष्टाचार गरेको भेटिएको थियो ।

    आर्थिक वर्ष ०७४-७५ को बजेटबाट कार्यालय प्रांगणमा निर्माण र मर्मत कार्य गर्दा लगत टुक्र्याएर, निर्माण व्यवसायीहरूसँगको मिलेमतोमा सीमित प्रतिस्पर्धा गराई काम गरेको आरोप अख्तियारको थियो । 

    सो काम पनि न्यून गुणस्तरको भएको र निर्माणसम्बन्धी कागजात पनि किर्ते गरेको दाबीसहित चार वर्षअघि मुद्दा दायर भएको थियो । जसमा आंशिक ठहर हुने फैसला भएको हो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    १० घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    ११ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ५ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १० घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ११ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ५ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.