Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    वास्तविक उमेरभन्दा कम देखिने तरिका

    १ जेष्ठ २०८०, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    चुरोट नपिउने
    सूर्तिमा भएको निकोटिनले छालामा रक्तसंचार कम गर्छ, त्यसैले चुरोट पिउनेहरुको अनुहारमा चमक कम हुन्छ। चुरोट पिउनेहरुको अनुहारमा चाउरी समेत छिटो पर्छ। राम्रोसंग अनुहारमा हेर्ने हो भने चुरोट पिउने र नपिउनेलाई सजिलै छुट्याउन सकिन्छ।

    NHEICC New ad

    पोषण युक्त खाना खाने
    छाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ। पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा बढी उमेरको देखिन्छ।

    बढी गुलियो खाना नखाने
    बढी चिनी, मिठाई, चकलेट, आइसक्रिम आदि खाने गर्दा शरीर र मस्तिष्क दुवैलाई वेफाइदा गर्छ र यसका कारण पनि कम उमेर मै छाला चाउरी पर्छ।

    पर्याप्त पानी पिउने
    शरीरलाई आवश्यक पर्ने पानी नपिउँदा छाला सुख्खा हुन्छ। प्रशस्त पानी पिउदा शरीर भित्रका फोहर पदार्थहरु मल, मुत्र र पसिनावाट वाहीर राम्रो संग निस्कन्छन्। पानीको कमी हुँदा डिहाइड्रेसन हुन्छ र त्यसको असर छालामा पनि देखिन्छ।

    निद्राको कमी
    दिनभर दौडधुप र परिश्रम गर्दा शरीर तथा मस्तिष्क थाकी आराम खोजी रहेको हुन्छ। करिव सात घण्टा जती सुतेपछि शरीर र मस्तिष्कले आराम पाउँछन् र पुन काम गर्नको लागि फ्रेस हुन्छन्। यदि शरीर र मस्तिष्कले आफुलाई पुनर्ताजगी गर्न आवश्यक पर्ने आराम पाएनन् भने विहान उठ्दै खेरी फ्रेस हुदैनन्। लगातार यस्तो भइराख्यो भने वास्तविक उमेर भन्दा बढी उमेरको देखिने, छाला चाउरी पर्ने आदि हुन्छ।

    मानसिक तनाव
    मानसिक तनावको असर शरीर र मस्तिष्क दुवैमा नराम्रो पर्छ। कतिपय छालाका रोगहरु जस्तै सोरायसिस, दाद, मानसिक तनाव हुँदा वढ्छन्। अनुहारमा पनि मानसिक तनावको असर नराम्रो पर्छ।

    बढी घाममा नबस्ने
    सूर्यको किरणले पनि छालालाई नराम्रो असर पार्दछ, त्यसैले धेरै घाममा वस्नु वा घाममा काम गर्नु पनि हानीकारक हुन्छ। बढी घाममा वस्नेहरुको छालामा एक किसिमको क्यान्सर समेत बढी हुने गरेको छ। ओजोनतह नष्ट हुदै गएकोले र सूर्यवाट निस्कने अल्ट्राभाएलेट किरणले यस्ता हानी गर्दछन्। तर यसको मतलव घाममा वस्नै हुदैन वा घाममा काम गर्नै हुदैन भन्न खोजेको भने होइन। शरीरको लागि भिटामिन ‘डी’ आवश्यक पर्छ र यसको लागि घाममा केहि समय वस्नु पनि आवश्यक हुन्छ। अर्थात सोझै मुखमा घाम नपर्ने गरी केहि समय घाममा वस्न सकिन्छ, बढी वस्नु हुदैन।

    हार्मोनहरुको सन्तुलन बिग्रने
    शरीरको लागि धेरै प्रकारका हार्मोनहरुको आवश्यकता हुन्छ। महिलाहरुमा किशोरावस्था, गर्भावस्था र महिनावारीको साइकलको लागि विभिन्न हार्मोनहरु चाहिन्छन्। त्यस्तै गरेर महिला तथा पुरुष दुवैमा अन्य हार्मोनहरु आवश्यक पर्छन्। ती हार्मोनहरुको सन्तुलन विग्रदा पनि मस्तिष्कमा र शरीरमा असर पर्दछ। छाला सुख्खा हुने, खस्रो हुने यिनै कारण पनि हुन सक्छन्।

    छालामा असर पार्ने कुराहरुवाट हामी टाढै रह्यौ भने मात्र हामी मानसिक र शारीरिक रुपले स्वस्थ्य रहन सक्छौं। स्वस्थ्य मन र स्वस्थ्य शरीर भएपछि मानिस स्वतः राम्रो देखिन्छ। त्यस कारण यी कुराहरुमा विशेष ध्यान राख्यौंै भने वास्तविक उमेर भन्दा कम उमेरको देखिन सकिन्छ।

    शारीरिक व्यायाम
    शारीरिक व्यायाम गर्नाले शरीर तन्दुरुस्त र स्वस्थ रहन्छ। यसले शरीरमा छिट्टै बुढ्यौली ल्याउन समस्यालाई कम गर्छ। – स्वास्थ्यखबर

    – डा कपिलदेव उपाध्याय

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ दिन अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    ३ दिन अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    १ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    २ हप्ता अगाडि

    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित

    ३ हप्ता अगाडि

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ दिन अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    ३ दिन अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    १ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    २ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    ३ हप्ता अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    ४ हप्ता अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    ४ हप्ता अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    ४ हप्ता अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १ महिना अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.