Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण रोके आन्दोलनमा उत्रिने लगानीकर्ताको चेतावनी

    ३ जेष्ठ २०८०, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकृयालाई तत्कालै अगाडि बढाउन माग गरेका छन् ।

    लगानीकर्ताहरुले वर्षौंदेखि उठाउँदै आएका र अर्थतन्त्रको भलो हुने विषयलाई कार्यन्वनयको अन्तिम चरणमा अबरुद्ध पार्दा केही स्वार्थ समूहको भलो भए पनि समग्र अर्थतन्त्र र लगानीकर्ताहरुको भलो नहुने उनीहरुको भनाइ छ ।

    कुनै पनि बहानामा बजार सुधारको प्रक्रियालाई अवरुद्ध गर्न खोजे लाखौं लगानीकर्ताहरु आन्दोलनमा उत्रिन बाध्य हुने लगानीकर्ताहरूले चेतावनी दिएका छन् ।

    सेयर बजारमा आबद्ध करिब ५७ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्दै पुगेका तीनवटा संस्थाका प्रतिनिधिहरुले लगानीकर्ताको मुख्य माग स्टक एक्सचेन्ज र नयाँ ब्रोकरको लाइसेन्स प्रक्रिया भएको बताएका छन् ।

    लिखित मागपत्र बुझाउँदै उनीहरुले स्टक एक्सचेन्ज, नयाँ ब्रोकर, कोमोडिटी एक्सचेन्ज लगायतका बजार सुधारका कार्यलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

    नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई सुधार गर्ने भन्दै नयाँ ब्रोकर, स्टक एक्सचेन्ज, केमोडिटी एक्सचेन्ज लगायतको लाइसेन्स प्रक्रियालाई अगाडि बढाएको थियो ।

    आवेदन बन्द भएर मूल्याङ्कन प्रकृया सुरु भएसँगै प्रधानमन्त्री प्रचण्डको ठाडो आदेशमा स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ भने ब्रोकरको लाइसेन्स प्रक्रियामा पनि भाँजो हाल्ने प्रयास भइरहेको लगानीकर्ताको आरोप छ ।

    स्टक एक्सचेन्जको लाइसेन्स प्रकृयामा नेपालका अधिकांश व्यापारिक समूहको सहभागितामा तीनवटा कम्पनीले आवेदन दिएका थिए । उनीहरुले पेश गरेका बिजनेस प्लान र योजनाहरुको मूल्याङ्कन सुरु भएर अंक दिन सुरु गरेपछि केही स्वार्थ समूहको दबाबमा प्रधानमन्त्रीले लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको लगानीकर्ताको बुझाइ छ ।

    लगानीकर्ताहरुले बिषयको गम्भिरतालाई नबुझी केही सांसदहरुले पूँजीबजार सुधारको प्रकृयालाई दिग्भ्रमित पार्नेगरी संसदमा उठाएको आवाज आपत्तिजनक र लगानीकर्तालाई मर्माहत पार्नेखालको रहेको बताएका छन् ।

    नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सिराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रधानमन्त्रीलाई लिखित मागपत्र पेश गर्दै पूँजीबजारको विकाशका लागि सेयर कर्जामा लगाइएका अवरोधहरु हटाउन, पूँजीगत लाभकरमा सहुलियत दिन र तरलता एवम् ब्याजदरका बिषयमा ठोस कदम चाल्न पनि सरकारलाई आग्रह गरेका छन् । – onlinekhabar

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    २ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    २ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.