– होमराज राई,
आँगन छेउमा रहर लाग्दा लटरम्म फलेका झुप्पाहरु, आमा थालमा भात पस्किदै थिइन्, र जुनेली सपना बुन्दै थिइन् सुन्दर शहरको …….।,
छोरी, तिमी त पढेकी छौ, अब त जागिर खोज्नुपर्छ नि….?, आमाले मुसुक्क हाँस्दै माया गर्दै जिस्केर भनेकी थिइन्।
केही महिनापछि त्यही आमाको माया र जिम्मेवारी बोकेर जुनेली राजधानी छिरिइन्। एक जना गाउँकै चिनजान दाईकोमा बसिन् उनी। केही दिनपछि, एउटा अनजान मान्छे भेटियो । जागिरको खोजिमा गाउँबाट आएको सम्झि ऊ आफैँले जागिर लगाइदिने भनेर नजिकियो।
ऊ मुस्कुराउदै भनि तिमी जस्ती पढेकी केटीलाई म एउटा राम्रो रेष्टुरेन्टमा काम दिलाउँछु।
जुनेलीलाई विश्वास लाग्यो। उसले आफ्नो प्रमाणपत्रहरू देखाइन्। भोलिपल्ट बिहान उसैले एउटा कोठामा लग्यो , यहीँ बस्दै गर्नु केही दिन, कामका लागि प्रोसेस भइरहेको छ भन्दै ऊ बेपत्ता भयो।
तर त्यो कोठा त बाहिरबाट तालाले कैद गरेको रहेछ।
दुई दिनमै यथार्थ खुल्यो — जुनेली एउटा बेस्यालयमा थिई।
तिमी अब यहीँ रहनेछ्यौ, म्याडमले कठोर स्वरमा भनिन्।
मलाई छोड्नुस्, मैले केही गलत गरेकी छैन् जुनेली रुँदै बिन्तीभाउ गरिरही। तर कसैले सुनिनन् ती चित्कार ।
दिन रात रुँदै बितिरहे– उसले सम्झिइ आमा, बुबा, भाइको अनुहार।
तर समयसँगै ऊ बलियो बन्न थाली। त्यो भन्दा बिकल्प पनि त थिएन उनको । त्यहीँ बसेका अरू केही साथीहरूसँग बोल्न थाली। कसैले उसलाई एउटा सामाजिक संस्था र महिला उद्धार समुहको बारेमा बतायो।
एक रात, ठूलो जोखिम मोलेर उनले कसैको मोबाइल फेलापारि सन्देश पठाइन्।
अनि केही दिनमा, प्रहरी र सामाजिक संस्था आए र उद्धार भयो।
गाउँ फर्किंदा, आमा रुनु भयो, बुबाको आँखा लाजले झुकेको थियो।
तर जुनेली नम्र स्वरमा भन्छिन्, “मलाई लाज छैन, मैले डराएर बस्नु पनि छैइन।”
अहिले ऊ त्यही संस्थासँगै काम गर्छिन्। सडकमा देखिने हरेक चेलीलाई सम्झाउँछिन् —
“शहर त उज्यालो देखिन्छ, तर भित्र भने भयावह कहाली लाग्दो राक्षसहरु गल्लिहरुमा ढुकिरहेको हुँदो रहेछ । त्यसैले सहरका सुन्दर कल्पना सपना मात्र रहेछ । अब आफै बचौं र अरुलाई पनि बचाऔं ।”