Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कांग्रेस संसदलाई मुठभेडतर्फ लैजान चाहन्छ : एमाले

    ५ जेष्ठ २०८१, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसमाथि संसदलाई मुठभेडतर्फ लैजान खोजेको आरोप लगाएका छन्। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीवार संसद अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप‍ लगाए।

    उनले कांग्रेसले संसदमा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान खोजेको आरोपसमेत लगाएका हुन्।

    ‘हाम्रा श्रद्धेय अध्यक्षमाथि नेपाली कांग्रेसका एक जना नेता, जसलाई स्वर्गमा पुगेका पितृहरुले पनि निर्वाचनको वेलामा प्रकट भएर भोट दिएर पठाएर निर्वाचित गरेर पठाए, ती त्यस्ता व्यक्तिले संसदबाट, संसदमा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रर्दशन गरे, उदण्ड व्यवहार प्रर्दशन गरे‚’ उनले भने‚ ‘यसले के देखाउँछ भने राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय मूल्य, मान्यताको जगबाट संसद चलाउने होइन।

    भिडभाड, दादागिरी र उद्दण्डताका साथ मुठभेडमा लैजान नेपाली कांग्रेस चाहन्छ भन्ने अस्तिको घटनाबाट देखिन्छ।’

    शनिवार काठमाडौँमा आयोजित युवा विषयक विचार गोष्ठीमा प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसदमा उद्दण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको आरोपसमेत लगाए। 

    उनले संसदमा कांग्रेसले सत्तापक्षको आसनमा आएर गरिएको दुर्व्यवहारको जति निन्दा गरे पनि थोरै नै हुने बताए।

    ‘नेपाली कांग्रेसले संसदमा गरिरहेको हर्कत हेर्नुहोस्। संसदमा सत्ता पक्ष कहाँ बस्ने, प्रतिपक्ष कहाँ बस्ने, सरकार कहाँ बस्ने आसन निर्धारण गरिएको हुन्छ‚’ प्रमुख सचेतक बर्तौलाले भने, ‘तर प्रमुख प्रतिपक्षका साथीहरुले बेल घेराउ गर्न जानुभएको, नारा लगाउनुभएकोमा हामीलाई आपत्ति छैन।

    तर सरकारको आसनमा आएर उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उद्दण्ड प्रस्तुतिहरु उहाँहरुबाट भईरहेको छ। यसले संसदीय राजनीतिको इतिहासमा, संसदीय परम्परामा यो एउटा कालो दिनको रुपमा अस्तिको घटना रह्यो।’

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    २ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    ३ दिन अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    ५ दिन अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    ५ दिन अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    ५ दिन अगाडि

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल

    ६ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    २ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    ३ दिन अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    ५ दिन अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    ५ दिन अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    ५ दिन अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    ६ दिन अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    १ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    १ हप्ता अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    १ हप्ता अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.