Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    राजनीतिमा दर्शन भन्दा आचरण ठुलो कुरा हो : डाः तोसिमा

    ६ जेष्ठ २०८०, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डाःतोसिमा कार्कीले कुशल राजनीतिक गर्न चाहेको बताएकी छन् । आज धुलाबारी स्थित अतिथि सदनको सभाहलमा रास्वपाको मेचीनगर कमिटीको अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कार्कीले यस्तो कुरा बताएकी हुन् ।

    ‘कुशल रानीतिमा दर्शन र विचार गौन हुन्छ’, कार्कीले भनिन्–‘इमान र आचारण ठुलो कुरा हो । वर्षैँसम्म दर्शनको राजनीति गर्ने ठुला पार्टीहरुले अहिलेसम्म जनताका लागि केहि गरेनन् । त्यसैले देश र जनताका लागि अब हामी कुशल राजनीतिक गर्छौँ ।’

    कार्यक्रममा रास्वपाकी सचेतक एवम् सांसद निशा डाँगीले अरु दलको जस्तो चिल्लो भाषण, मिठो कुरा र झुटो कुरा नगर्ने बताइन् । उनले जनताको आवाज ठाँउमा पुर्याउने काम मात्र गर्ने दावी गरिन् । उनले गार्यमा देखिएको लम्की रोग, जंगली हात्ती र चिया व्यवसायीको समस्यालाई सम्बन्धित निकायमा ध्यानाकर्षण गरिएको बताइन् ।

    ‘राजनीति सेवाका लागि हो’, सांसद मनिष झाले भने–‘देवर–भाउजुका लागि होइन । राजनीतिमा जात, रंग हेर्दैनौँ । देश बनाउन कुनै जात चाहिँदैन । सबै मिलेर देश बनाउनु पर्छ । सुधारिएको संघीयता आवश्यक छ ।’

    कार्यक्रममा पार्टीका महामन्त्री मुकुल ढकालले जनताको पार्टी भएकोले अहिले पार्टीमा जनलहर बढेको बताए । जनताले ८४ सालको चुनावमा पार्टीलाई एक नम्बरमा पुर्याउने दावी गरे । पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईले अब आउने ८४ सालको चुनावमा ठुला पार्टीहरुलाई चौरासिया गरेर विदा गर्नु पर्ने बताए । 

    ‘केहि यस्ता दल छन् । संघीयता नमान्ने । अनि प्रदेश संरचनामा बसेर तलव भत्ता खाइरहेका छन् । प्रदेश ‘वि ग्रेड’का नेतालाई खाने भाडो बनाएको रहेछ ।’ उनले भने ।

    नक्कली भुटानी शरणार्थी काण्ड जनतालाई छारो हाल्ने काम र अमेरिकालाई खुसी पार्न बाहेक कर्मकाण्डी मात्र पुरा गरेको उनको दावी छ ।

    रास्वपा मेचीनगर समितिका सभापति भीमबहादुर कुँवरको अध्यक्षता, कोशी प्रदेश इन्चार्ज उमानाथ भण्डारीको स्वागत र सञ्चालन सचिव कमल गौतमले गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    ४ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ७ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ७ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ४ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.