Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    गरीव दु:खीको भविष्य काेर्दै पत्रकार सामाजिक अभियन्ता घिमिरे

    ९ जेष्ठ २०८१, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१२ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp


    झापा ।। पत्रकारले समाचार मात्रै लेख्दैन सामाजिक कर्ममा हात पनि बढाउन सक्छ भन्ने एक उदहारण बनेका छन झापामा संचारकर्मी तथा सामाजिक अभियन्ता खगेन्द्र घिमिरे । उनलाई खरो उपनाम ले समेत चिनिन्छ । संचार क्षेत्रमा सत्यको पक्षमा कडा प्रस्तुत हुने घिमिरे सामाजिक रुपमा दिन दु:खी असहायको बिषयमा गम्भीर भएर आफ्ना प्रस्तुतीहरु मिडियामा सार्वजनीक गर्ने गरेका छन् । उनले उठाएका बिषयले समाजमा सुधारसँगै भुइमान्छेका आसाको केन्द्र बन्ने गरेका छन् ।

    पत्रकार घिमिरेले तीन साता अघि एउटा भिडियो फेसबुक वालमा पोष्ट गरे । आमाको निधनपछि काज किरियामा बसेका तीन अवोध बालबालिकाको तस्वीर । तस्वीरमै प्रस्ट देखिन्थ्यो । करुणाले भरिएको मलिन अनुहार फेस बुक वालमा पत्रकार घिमिरेले लेखेका थिए । यी अवोध बालबालिकाको भविश्य अव के होला ? आउनुहोस हातेमालो गरौं । यी बालबालिको लागि बस्ने घर निर्माण गरौं । घिमिरेले त्यसबेला संकल्पनै गरे १२ औं दिनको काम पछि एउटा घर निर्माण गरेरै छाड्छौं ।

    उनले लिएको संकल्प यतिखेर सार्थक बन्दै गएको छ । उनको पोष्ट पछि आर्थिक सहयोग गर्ने मनकारी हातहरु जोडिने क्रम बढ्दो छ । भने घर निर्माणको काम समेत तीब्र रुपमा अघि बढेको छ । आर्थिक रुपमा विपन्न परिवार जसको बिहान बेलुकाको छाक टार्न दैनिक गुजारा नगरी सम्भव थिएन । न त घाम पानी छल्ने राम्रो ओत नै थियो, नत बिहान बेलुकाको छाक टार्ने अन्न, मेचीनगर १२ निवासी ४८ वर्षीय पद्यमा भूजेलले आफनो कलकलाउँदा साना नानीहरु र आफनो पतिलाई छोडेर यस धर्तिबाट सदाकालागि विदा भएपछि परिवारको सबै खुसी खोसिएको थियो ।
    दैनिक ज्यालादारी काम गरेर परिवारको भरणपोषण गर्दै आएकी पदमाको निधनपछि दुई छोरा रोहन भुजेल (कक्षा ५), तारा भुजेल (कक्षा ४) र एक छोरी करुणा भुजेल (कक्षा २)को बिचल्ली भएको हो । उनीहरु स्थानीय बलभद्र माविमा अध्ययनरत छन् ।

    “बालबालिकाको आमा बुवा दुबै मजदूरी गर्दथे,” बालबालिकाको अवस्थालाई सञ्चारमाध्यममार्फत सार्वजनिक गरेर सहयोग जुटाउन पहल गरेका पत्रकार घिमिरे भन्नुहुन्छ–“आमाको मृत्युपछि ती बालबालिकासँग कात्रो किन्ने एक पैसा पनि थिएन । काजकिरिया गर्न एक मुठी चामल पनि घरमा थिएन ।” अर्काको मेलापातमा काम सघाउँदै आएका बाबु धनबहादुर भुजेलले खासै कमाइ नगर्ने र आमा पदमाले पालनपोषण गर्दै आएको कारण आमाको मृत्युपछि बालबालिकाको बिचल्ली भएको हो । तर छड्के अनुसन्धान मिडियाका सम्पादक घिमिरेको पहलमा काजकिरिया खर्च जुटेको छ भने हाल बास बस्नलायक पक्की घर निर्माणको कार्य अघि बढेको छ । मेचीनगर–१२ को खोला बगरमा रहेको पानी चुहिने झुपडीमा उनीहरुको बसोबास रहेको छ । बगरको दश धुर ऐलानी जग्गामा उक्त झुपडी बनेको थियो ।
    “सहयोग जुट्ने क्रम जारी छ,” घिमिरेले भन्नुभयो–“इँटा, सिमेन्ट र जस्ता पाताको पक्की घर बन्दै छ । बालबालिकाको शिक्षामा पनि सहयोग जुट्न थालेको छ ।” भान्सा घर, शौचालय र ट्यूवेल समेत निर्माण गरिने भएको छ ।

    दाताहरुले नगद र घर निर्माणका सामग्री सहयोग दिने गरेका छन् । घर निर्माण सम्पन्न गर्न रु. १० लाखभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । घर निर्माण समितिको सदस्यमा गंगा सिम्खडा,मेचे, गोपी रिजाल, सोम ओझा, रामबहादुर मगर, बिपिन प्रसाईं, बिष्णु बुढाथोकी, सन्दीप तिम्सिना, भीम कुँवर, कविन्द्र श्रेष्ठ र सुमित्रा गौतम रहेका छन् । घर निर्माण समितिका संयोजक घिमिरेले घर निर्माण सम्पन्न गर्न अझै आर्थिक अभाव भएकाले इच्छुक दाताहरुलाई सहयोग गर्न अपिल गर्नु भएको छ ।

    हाल फन्डिशनको काम पुरा भइसकेको र आगामी असार १५ भित्र घर निर्माणको काम सम्पन्न हुने छ । ‘पद्यमा दिदीको निधनको खवरले त्यहाँ पुँगे, त्यहाँको अवस्था देख्दा मन थामिएन नत खाने अन्न थियो, नत बस्ने घर नै घाम पानीबाट जोगिनै मुस्किल हुने अवस्थादेखेपछि सहयोगको लागि अपिल गरेँ,’ उनले भने,‘अहिले समिति नै निर्माण गरेर घर निर्माण कार्य थालेका छौं ।’

    घर निर्माणार्थ हालसम्म विभिन्न ठाउँबाट दाताहरुले ४ लाख बढी नगद तथा बिभिन्न निर्माण सामाग्री संकलन भइसकेको संयोजक घिमिरेले बताए । उनका अनुसार हातेमालो जनसेवा समाजका केन्द्रीय सदस्य राम थापाले २० बोरा सिमेन्ट सहयोग गरेका छन् भने, कैलाश भट्टराई, देवेन्द्र अर्याल र सन्तोष खवासबाट ३५ बोरा सिमेन्ट, पदम खड्का, प्रेम खड्का, विष्णु बुढाथोक, दिनेश जैनबाट ३५ बोरा सिमेन्ट, मेचीनगर–१० का वडासदस्य सोम ओझाले जस्ता पाता र स्वास्थ्य बिमाको सहयोग गर्ने भएका छन् । त्यसैगरी कमल गौतम, याम बुढाथोकी, असिम दाहाल, भीम कुँवरबाट १ ट्याक्टर इँटा मेची महाकाली संयूक्त आवाजबाट २२ हजार नगद प्राप्त भएको छ ।

    त्यसैगरी भूजेल समाज झापाबाट ५० हजार २ सय नगद तथा बिर्तामोड निवासी धिरज जैनले पिउने पानीको लागि कल गाडिदिएका छन् । यस अभियानमा हातेमाले गर्दै देश तथा विदेशबाट बिभिन्न दाताहरुले सहयोग पठाइरहेको तथा श्रमदान गर्न आउनेहरुको संख्या समेत बढ्दै गएको उनले बताए । बाहुनडाँगी जेसीजले समेत श्रम दान गरेको जेसीजका अध्यक्ष देबु बानियाँले बताए ।
    मेचीनगर–५ का उमेश उप्रेतीले घर निर्माणका लाग्ने काठ उपलब्ध गराएका छन् । त्यस्तै इँटा, रङ्गरोगन, पिउँने पानीको ब्यवस्थापनका लागि दाताले सहयोग गर्ने वचन दिँदै आएका छन् । उमेरले वृद्ध मृतक भुँजेलको श्रीमान धनबहादुर भुँजेल गाउँमा मेलापात र मजदूरी गर्दै आएका छन् ।

    आफ्नो नाउँमा जमिन नहुँदा स्थायी बसोबास गर्न नसकेका भुँजेल परिवार बिगत ४ वर्षयता मेचीनगर–१२ स्थित हडिया खोलाको ऐलेनी जमिनमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका छन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा

    १९ घण्टा अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ३ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ५ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ५ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    ७ दिन अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    १९ घण्टा अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ३ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ५ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ५ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    ७ दिन अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    १ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.