काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित सिद्धार्थ बैंक नजिकै थानकोट यातायातको फोर्स गाडीले भारतीय नम्बर प्लेटको कारलाई ठक्कर दिएको छ ।
उक्त गाडी कारलाई ठक्कर दिएर नजिकै रहेको घरमा बज्रिन पुगेको थियो । शनिबार दिउँसो साढे २ बजेको समयमा नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको बीआर ०१ पीसल नम्बरको भारतीय कारलाई बा २ ख ९३९३ नम्बरको फोर्स गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उक्त घर धनिको विवरण खुलिसकेको छैन । घरको भित्तामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । गाडी ठक्कर दिएका चालक भने फरार छन् ।