काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
शनिबार भर्चुअल रूपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले मन्त्री लेखकलाई राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न माग गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।
झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगतमा सांसदको रूपमा रमेश लेखकले ‘प्रश्न उठेपछि राजीनामाले छानबिनमा सघाउनुपर्छ’ भनी दृष्टान्त पेश गर्नुभएको थियो। सोही कुरा स्मरण गराउँदै उहाँलाई यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सहयोग गर्न माग गर्छौँ ।”
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री र उनको सचिवालय मानव तस्करीमा संलग्न रहेको भन्ने कुरा सार्वजनिक भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।