Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, शिविरबाट ३ सय २५ जना लाभान्वित

    १२ जेष्ठ २०८१, शनिबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरबाट ३ सय २५ जनाले सेवा लिएका थिए । साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्था रहेका थिए । अस्पतालले जनरल मेडिसिन, स्त्री तथा प्रसुती सेवा, स्नायु तथा नशा रोग, हार्ड जोर्नी सेवा, नाक, कान, घाँटी सेवा, दन्त रोग सेवा तथा बाल रोग सम्बन्धी विषेशज्ञ सेवा प्रदान गरिएको जनाएको छ ।

    स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको थियो । स्व. सञ्जुहाङ्गका पिता सुवास राईको अध्यक्षतामा भएको स्वास्थ्य शिविरको उद्घाटन कोशी प्रदेशका वन तथा पर्यटन वातावरण राज्यमन्त्री बन्दना झाँगडले गरेकी थिइन् ।

    कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, नगर उपप्रमुख मिना पोखरेल उप्रेती, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य इन्दिरा कार्की, क्षेत्रीय संयोजक माधव अर्याल, प्रदेश क्षेत्रीय कमिटि संयोजक राजु दाहाल, मेचीनगर अध्यक्ष राजन चिमरिया, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडिया, घैलाडुब्बा शिवालय मन्दिरका अध्यक्ष गणेशकुमार खरेल, निवर्तमान अध्यक्ष चन्द्र कोइराला, उपाध्यक्ष जीवन तामाङ, टोकला युवा क्लबका सचिव निरज राई, नेकपा एमाले मेचीनगर नगर कमिटि सदस्य सन्तोष मेचे, मेचीनगर ५ का कार्यवाहक वडा अध्यक्ष मनकुमार लिम्बू, कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्य देवीमाया विश्वकर्मा, मन्दिरका पुजारी मणिराम दासलगायतको आतिथ्यता रहेको थियो ।

    स्व. सञ्जुहाङ्ग राईका मितबुवा किशोर उपरकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विवेक कालिकोटेले गरेका थिए । स्व. सञ्जुहाङ्ग राईका परिवारले पाँच लाख रुपैयाँको स्व. सञ्जुहाङ्ग स्मृति अक्षयकोषको समेत घोषणा समेत गरिएको छ । अक्षयकोषबाट प्राप्त ब्याजले वर्षेनी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खर्च गरिने आयोजकका तर्फबाट किशोर उपरकोटीले बताए । अन्य क्षेत्र खेलकुद, सांस्कृतिक, व्यक्तित्व विकासलाई पनि वर्षेनि समेट्ने आयोजकले जनाएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

    ६ घण्टा अगाडि

    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

    १ दिन अगाडि

    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै

    २ दिन अगाडि

    कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न

    ३ दिन अगाडि

    मेयर बालेनले माघ ४ गते राजीनामा दिने: बालेनको राजीनामासँगै कामपा सहरी योजना आयोगका सबै पद रिक्त हुने

    ५ दिन अगाडि

    माघे संक्रान्ति : प्रकृति, परम्परा र पहिचानको पर्व

    ६ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    ६ घण्टा अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    १ दिन अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ दिन अगाडि
    कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न
    ३ दिन अगाडि
    मेयर बालेनले माघ ४ गते राजीनामा दिने: बालेनको राजीनामासँगै कामपा सहरी योजना आयोगका सबै पद रिक्त हुने
    ५ दिन अगाडि
    माघे संक्रान्ति : प्रकृति, परम्परा र पहिचानको पर्व
    ६ दिन अगाडि
    भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा
    १ हप्ता अगाडि
    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्
    १ हप्ता अगाडि
    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक
    ३ हप्ता अगाडि
    नागरिकता नियमावली चौथो पटक संशोधन
    ४ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.