Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, शिविरबाट ३ सय २५ जना लाभान्वित

    १२ जेष्ठ २०८१, शनिबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरबाट ३ सय २५ जनाले सेवा लिएका थिए । साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्था रहेका थिए । अस्पतालले जनरल मेडिसिन, स्त्री तथा प्रसुती सेवा, स्नायु तथा नशा रोग, हार्ड जोर्नी सेवा, नाक, कान, घाँटी सेवा, दन्त रोग सेवा तथा बाल रोग सम्बन्धी विषेशज्ञ सेवा प्रदान गरिएको जनाएको छ ।

    स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको थियो । स्व. सञ्जुहाङ्गका पिता सुवास राईको अध्यक्षतामा भएको स्वास्थ्य शिविरको उद्घाटन कोशी प्रदेशका वन तथा पर्यटन वातावरण राज्यमन्त्री बन्दना झाँगडले गरेकी थिइन् ।

    कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, नगर उपप्रमुख मिना पोखरेल उप्रेती, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य इन्दिरा कार्की, क्षेत्रीय संयोजक माधव अर्याल, प्रदेश क्षेत्रीय कमिटि संयोजक राजु दाहाल, मेचीनगर अध्यक्ष राजन चिमरिया, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडिया, घैलाडुब्बा शिवालय मन्दिरका अध्यक्ष गणेशकुमार खरेल, निवर्तमान अध्यक्ष चन्द्र कोइराला, उपाध्यक्ष जीवन तामाङ, टोकला युवा क्लबका सचिव निरज राई, नेकपा एमाले मेचीनगर नगर कमिटि सदस्य सन्तोष मेचे, मेचीनगर ५ का कार्यवाहक वडा अध्यक्ष मनकुमार लिम्बू, कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्य देवीमाया विश्वकर्मा, मन्दिरका पुजारी मणिराम दासलगायतको आतिथ्यता रहेको थियो ।

    स्व. सञ्जुहाङ्ग राईका मितबुवा किशोर उपरकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विवेक कालिकोटेले गरेका थिए । स्व. सञ्जुहाङ्ग राईका परिवारले पाँच लाख रुपैयाँको स्व. सञ्जुहाङ्ग स्मृति अक्षयकोषको समेत घोषणा समेत गरिएको छ । अक्षयकोषबाट प्राप्त ब्याजले वर्षेनी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खर्च गरिने आयोजकका तर्फबाट किशोर उपरकोटीले बताए । अन्य क्षेत्र खेलकुद, सांस्कृतिक, व्यक्तित्व विकासलाई पनि वर्षेनि समेट्ने आयोजकले जनाएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ५ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    ६ दिन अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    १ हप्ता अगाडि

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ५ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    ६ दिन अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    १ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    २ हप्ता अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.