मेचीनगर,
झापा ।
झापा जिल्लाको मेचीनगरस्थित मेचीनगर ईसाई समाजको पहिलो वार्षिक साधारण सभा आगामी असार १६ गते हुने भएको छ। उक्त निर्वाचन समितिले असार १६ गते साधारण सभाकाे मिति तय गरेको हाे ।
समाजको जेठ १६ गते बसेको अन्तिम कार्यसमिति बैठकले नयाँ कार्यसमिति निर्माणको प्रक्रिया अघि बढाउनको लागि निर्वाचन समिति गठन गरेको छ।

निर्वाचन समितिको संयोजकको जिम्मेवारी रेभ. एनोस गजमेरलाई दिइएको छ भने समितिका सदस्यहरूमा रेभ. गोपाल खनाल र ए. रमेश गुरुङ रहेका छन्। सल्लाहकारको रूपमा पास्टर रामकुमार थापा र रेभ. फादर दशरथ खडिया छन्।
समाजका अध्यक्ष पास्टर राजु खड्काले आफूले २०७९ सालदेखि सम्हाल्दै आएको अध्यक्षको कार्यकालमा परमेश्वरले समाजमार्फत गराउनु भएका कार्यहरू प्रति धन्यवाद व्यक्त गर्दै नयाँ नेतृत्व चयनको सम्पूर्ण प्रक्रिया निर्वाचन समितिलाई जिम्मा दिएको जानकारी दिनुभयो।
साथै, उनले समाजका सबै सदस्य, शुभेच्छुक, प्रार्थना र सहकार्यकर्ता प्रति आभार व्यक्त गर्दै ऐतिहासिक साधारण सभामा पनि सोही सद्भाव कायम रहोस् भन्ने कामना गर्नुभयो।
निर्वाचन संयोजक गजमेरले जानकारी गराएअनुसार, मेचीनगरमा हाल बाहुण्डाँगी इलाका ईसाई समाज, मध्य पूर्वउत्तर ईसाई समाज र मेचीनगर ईसाई समाज तीनवटा ईसाई समाज क्रियाशील छन्। ती सबैलाई एउटै छातामुनि ल्याउने पहल पनि जारी रहेको र साधारण सभामा एकीकृत समाजको घोषणा हुन सक्ने सम्भावना रहेको उनले बताउनुभयो।
विशेषगरी तीनवटा ईसाई समाजसंग छलफल भइसकेको अब आमा–दिदीबहिनीहरू र युवाहरूको सक्रिय छलफल र सहभागिता आवश्यक रहेको उहाँको धारणा छ।
२०२५ सालदेखि सक्रिय रहेको समाजले जिल्ला प्रशासन कार्यालयमा कानुनी दर्ता भइसकेपछि गर्न लागेको यो पहिलो साधारण सभा हो, जसले गर्दा यसलाई ऐतिहासिक महत्वको सभाका रूपमा लिइएको छ।

