Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नरिवल पानी पिउदा फाइदै फाइदा

    २१ जेष्ठ २०८०, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । नरिवल पानी जैबिक रुपमा स्वस्थ र सफा पेय पर्दाथ हो। हामीले दैनिक खाने नरिवल फलफूल परिवार अन्तर्गत पर्ने महत्वर्पूण फल हो। पोषयुक्त यस फल स्वास्थ्यको पर्याबाची नै बनेको छ। यो शत प्रतिशत स्वस्थ र संक्रमणमुक्त हुन्छ। यसमा ९४ प्रतिशत पानी हुनुका साथै क्यालोरीको मात्रा पनि न्यून हुन्छ। शून्य कोलेस्ट्रोल यो पानी अतयन्तै स्वस्थ र भिटामिनहरुले भरिपूर्ण पेय पर्दाथ हो। यसमा भिटामिन बी र एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ। त्यस्तै, पोटासियम र म्याग्नेसियमयुक्त नरिवल पानीको फाइदा हामीहरुले सोचेभन्दा बढी फाइदा छ।

    NHEICC New ad

    मुटुका लागि उत्तम मानिने नरिवल र यसको पानी केवल तिर्खा मेट्ने माध्यम मात्र होइन्। एक अध्ययन अनुसार नरिवल पानीले ह्दय घातको खतरलाई न्यून गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ। नरिवलमा हुने उच्च मात्राको पोटासियमले शरीरमा अनाबश्यक तरल पर्दाथलाई फाल्न सहयोग पुयाउनुका साथै हाइपरटेन्सनको खतरालाई घटाउछ। नियमित एक गिलास नरिवल पानी खाँदा मुटु रोग र ह्दयघातको खतरा न्यून हुन्छ।

    किड्नी स्टोनको खतरा घटाउँछ
    नियमित नरिवल पानी पिउदा किड्नी स्टोनको खतराबाट बचाउँछ। यसमा हुने पोटासियम र म्याग्नेसियमले पिसाबको प्रबाहलाई बृद्धि गरी शरीरमा अत्यधिक पानी हुने समस्याबाट बचाउछ। यदि तपाईंंलाई किड्नीको स्टोन छ भने पनि पिसाबको प्रबाहलाई तीब्र पारेर यस रोगबाट मुक्ति मिल्न समेत सहयोग मिल्छ।

    पखलाको उपचार
    तपाईंलाई पखला लागेको छ ? यदि हो भने नरिवल पानी अचूक औषधी हो। नरिवल पानीले तपाईंको शरीरबाट खेरा गइरहेको पानीको मात्रलाई पूर्ती मात्र गर्दैन इलेक्ट्रोलाईट र खनिज पनि प्रदान गर्छ। शरीरभित्र भएका अनवाश्यक हानीकारक विषहरुलाई यसले बाहिर फालिदिन्छ। नरिवल पानी प्राकृतिक रुपमा नै सबल हुन्छ। हाम्रो शरीरमा आवश्यक पर्ने  इलेक्ट्रोलाईट तह नरिवललमा पाइन्छ।

    गर्मीमा शरीरलाई शितलता दिन्छ
    गर्मीमा हुने तिक्षण तापक्रम र त्यसपछि पसिनाले शरीर सजिलै सुख्खा हुन्छ। गर्मी  भइरहेको बेला शरीरलाई आनन्द दिनका लागि नरिवल पानी भन्दा अर्को कुनै हुन सकदैन्। काबोहाइड र सुगरको मात्रा न्यून तथा पर्याप्त इलेक्ट्रोलाइट्सयुक्त यो निकै ताजा पेय पर्दाथ हो।

    व्यायायमपछि पिउँदा फूर्तीलो र तन्दुरुस्ती बढाउँछ
    ठूलो शारीरिक बल प्रयोग गर्ने काम गर्दा र व्यायायमको क्रममा डिहाइड्रेडको सम्भावना हुन्छ। यस्तो अवस्थामा नरिवल पानी महत्वपूर्ण पेय पर्दाथ हुन सक्छ। व्यायापपछिको डिहाइड्रेसनबाट बच्नका लागि पनि यसको महत्व छ। यसमा क्यालोरिको मात्रा न्युन तथा पोटासको मात्रा उच्च भएकोले शरीरबाट खेरा गइरहेको झोललाई पूर्ती गर्नका लागि पनि यसको महत्व छ।

    छालामा चमकपन बढाउँछ, निखारता ल्याउँछ
    भद्दा छालालाई चमक बनाउने इच्छा कसको हुँदैन र ? निश्चय नै ताजा नरिवल पानीको सेबनले छाला नरम बनाउनुको साथै धपक्क चमक ल्याइदिन्छ। त्यस्तै हात र अनुहारमा दिनको दुई पटक यसको प्रयोग गर्दा अत्यधिक फाइदा भएको पुष्टि भइसकेको छ। नरिवल पानीमा हुने काइटोकिनिस नाम गरेको तत्वले हाम्रो शरीरको कोषलाई सशक्त बनाउनुका साथै चाउरी र बृद्ध हुनबाट बचाउँछ।

    गर्भवतीसँग सम्बन्धित समस्याबाट मुक्ति
    नरिवल पानी स्वभाविक रुपमा स्वस्थ र संक्रमणरहित हुनाले गर्भावस्थामा यसलाई पिउदा सुरक्षित मानिन्छ। गर्भाधारणका क्रममा हुने वाकवाकी, अम्लियपन, र मुटु तथा घाँटी पोल्ने समस्याबाट पनि मुक्ति मिल्छ। त्यस्तै  गर्भवतीले नियमित नरिवल र यसको पानी खाँदा पेटभित्रको शिशु निकै स्वस्थ हुने चिकित्सकहरुले बताउने गरेका छन्। – एजेन्सी

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २० घण्टा अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    ३ दिन अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    ४ दिन अगाडि

    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

    ५ दिन अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २० घण्टा अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ दिन अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    ३ दिन अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    ४ दिन अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    ५ दिन अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    १ हप्ता अगाडि
    चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार
    २ हप्ता अगाडि
    पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले गरे प्रदर्शन 
    १ महिना अगाडि
    तीनकुने घटनामा पक्राउ पर्नेकाे संख्या १११ जना पुग्यो
    १ महिना अगाडि
    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.