Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    पहिलो सहभागितामै चर्च ब्वाइजलाई उपाधि

    २३ जेष्ठ २०८०, मंगलवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २३ जेष्ठ २०८०, मंगलवार,

    काठमाडौं । चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिगको ४४ औं संस्करणको उपाधि जितेको छ । बी डिभिजनबाट बढुवा भएकै सिजन चर्च ब्वाइजले उपाधि जित्यो । मंगलबार दशरथ रंगशालामा थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोकेर उपाधि पक्का गर्दासम्म चार महिनासम्म चलेको लिगमा चर्च ब्वाइजले धेरै उतार चढाव भोग्नु परेको थियो ।

    ‘च्याम्पियन हुँदासम्म हाम्रो टिमले धेरै उतारचढाव भोगेको छ, हामीले बिचमा २ खेल प्रशिक्षक बिना पनि खेल्नु पर्‍यो । त्यो बेला हाम्रो टिमको आत्मविश्वास धर्मराइसकेको थियो’, कप्तान अनन्त तामाङले थ्री स्टारसँगको खेलमा बराबरीपछि भने ।

    नेपाली मुलका अमेरिकी नागरिक प्रदिप हुमागाईँको प्रशिक्षणमा लिग सुरु गरे पनि वर्क परमिट नपाएपछि हुमागाईँले टिम छाडे । त्यसपछि लिगको छैटौं र सातौं खेल चर्च ब्वाइजले बिना प्रशिक्षण खेल्नु परेको थियो । न्यूरोड टिम एनआरटी र एपीएफसँगका ती दुवै खेलमा चर्च ब्वाइज बराबरीमा रोकिएको थियो ।

    आठौं चरणमा भने बाल गोपाल महर्जन चर्च ब्वाइजको टच लाइन सम्हाल्न आइपुगेका थिए । जसले प्रशिक्षकको रुपमा पहिलो पटक ए डिभिजन लिगको उपाधि जिते ।

    ‘आज यो अवस्थामा आइपुग्दा २०१२ देखि आफ्नै रेखदेखमा खेलिरहेका छोरासँगैका खेलाडीसँग उपाधि जित्न पाउँदा निकै खुसी छु,’ रंगशालामा पत्रकारसित महर्जनले भने, ‘टिमवर्क र लगनशीलताले गर्दा खेल जितेको जस्तो लाग्छ । यो जित सबै टिम व्यवस्थापन र सबैको मेहनतले सम्भव भएको हो ।’

    खेलाडीको रुपमा २०६१ सालमा थ्री स्टार क्लबबाट उपाधि जितेका महर्जनले थपे, ‘अन्तिम खेल पनि अपराजित रहँदै मेडल लगाउने इच्छा छ ।’

    नेपाली राष्ट्रिय टिमका प्रशिक्षक रहेर पनि उपाधि जितेका उनी प्राविधिक पक्षदेखि हरेक पक्ष राम्रो भएका कारण लिग जित्न सकेको बताउँछन् ।

    व्यवस्थापकीय सवलतादेखि हरेक कुरा मिलेको हुनाले चर्च ब्वाइजलाई सफलता मिलेको थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले बताए । ‘एउटा टिम तबमात्र च्याम्पियन बन्छ । जब टिममा सबैकुरा मिलेको हुन्छ । चर्च ब्वाइजमा व्यवस्थापकीय पक्षदेखि खेलाडी, प्रशिक्षक र हरेककुरा अन्यको भन्दा राम्रो भएका कारण नै लिग जित्यो ।’

    पर्खालजस्ता गोलरक्षक

    एक खेल अगावै ४४ औं सिजनको लिग जिताउन चर्च ब्वाइजका गोलकिपर प्रिसो नान्गाको भूमिका भुल्न सकिँदैन । नान्गाले २५ खेलमा ११ खेल क्लिन सिट राख्दै खेले । चर्च ब्वाइजले लिगमा अहिलेसम्म १५ गोल मात्र खाएको छ ।

    गोलरक्षकसँगै अरु खेलाडी र कप्तानले पनि लिगमा राम्रो खेले । प्रशिक्षक महर्जन भन्छन्, ‘टिममा हरेक खेलालाडीले राम्रो खेले । हाम्रोमा पहिला स्कोर निस्किरहेको थिएन । हामीले विदेशी खेलाडीले नसकेको कुरामा स्वदेशी खेलाडीलाई त्यसमा मिलाएर खेलायौं ।’

    चर्च ब्वाइजका लागि ७ खेलाडीले ३२ गोल गरेका छन् । जसमा आशिष चौधरी र अञ्जन विष्टले समान ७÷७ गोल गरेका छन् । कप्तान अनन्त तामाङले ४ गोल गरेका छन् ।

    राष्ट्रिय टिमबाट खेलिरहेका अनुभवी खेलाडीहरुको जमात भित्र्याएको चर्च ब्वाइजले नेपालका पहिलो रोजाइका डिफेन्डरको रुपमा रहेका अनन्त तामाङलाई नेतृत्व दिएको थियो ।

    कप्तान अनन्तका लागि ए डिभिजन लिगको यो पहिलो उपाधि हो । खेलाडीको रुपमा समेत अहिलेसम्म कुनै उपाधि नजितेका उनी कप्तानको रुपमा पहिलो उपाधि जित्ने भाग्यमानी बने ।

    १३ राउण्डसम्मको पहिलो चरण सकिँदा चौथो स्थानमा रहेको टिमले दोस्रो चरणमा खेलेका १२ खेलमा ८ खेल जितेको छ । जुन जित उसलाई उपाधि उचाल्न पर्याप्त भयो ।

    मछिन्द्र र जावलाखेलको उतार चढाव

    पहिलो चरणमा उपाधिको दाबेदार बनेका मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबको प्रदर्शन समान नरहनु पनि चर्च ब्वाइजका लागि फाइदाजनक भयो ।

    चर्च ब्वाइजले खेल राम्रो खेल्न नसकेको अवस्थामा उनीहरुको पनि नतिजा राम्रो निस्किएकन । तर जब चर्च ब्वाइज फर्ममा आयो तब पनि मछिन्द्र र जावलाखेलको प्रदर्शन सुध्रिन सकेन ।

    टिममा एक अनुभवी खेलाडीको भूमिकामा रहेका अञ्जन भने टिमले लिग जित्नेमा पहिलाबाट नै विश्वस्त रहेको बताए । ‘टिममा एकदमै राम्रो व्यवस्थापन छ । अध्यक्ष पनि एकदमै खट्ने हुनुहुन्छ,’ उनले भने, ‘त्यो सबै देख्दा यो टिमले झन गर्छ भन्ने भयो र अनुबन्ध भएको थिएँ । बिचमा उतारचढाव आयो । गाह्रो समयमा पनि हामीले सम्हालिएर खेल्यौं । त्यसैले पनि आज यो नतिजा आएको हो ।’

    अञ्जनको लागि व्यक्तिगत रुमपा यो ए डिभिजन लिगको दोस्रो उपाधि हो । उनले पहिलो उपाधि मनाङ मस्र्याङ्दी क्लबमा रहेर जितेका थिए ।

    ‘म इन्जुरीबाट आएको हो । म खासै फिट थिइन । तर पनि टिमलाई आवश्यक परेको बेला मैले सक्दो खेलें । हामीले उपाधि जित्ने लक्ष्य लिएर खेलेका थियौं । मरेर पनि खेल्ने भन्ने थियो र अहिले आएर त्यो कुराले महत्व पनि राख्यो ।’

    ‘हामीले पहिलो लेगमा ५ खेल बराबरीमा खेल्यौं त्यसपछि १२ औं खेलमा हामीले मनाङलाई ३–० ले पछि पार्नु नै हाम्रो लागि पुन उपाधी होडमा फर्किने टर्निङ पोइन्ट रह्यो’, अञ्जनले भने ।

    थ्री स्टारलाई खतरा

    अनन्तको लागि आज संयोगको दिन रह्यो । उनले आफ्नो पूर्व क्लब थ्री स्टारसँग बराबरीमा खेलेर उपाधि जिते । ‘अलिकति नर्भस भएको थिएँ । हामीलाई १ अंकमात्रै चाहिएको थियो । आज हामीले सोचेको जस्तो खेल्न सकेनौं । हामीले खेलिरहेको खेलभन्दा ५० प्रतिशत नै कमजोर खेल्यौं । थ्री स्टारको स्थिति हेरेर नराम्रो लागि रहेको थियो तर पनि हामी आज जित्नकै लागि खेलेका थियौं ।’

    उपाधि विजेता बनेको चर्च ब्वाइजसँग शुन्यको बराबरी खेलेको थ्री स्टारलाई भने अझै पनि रेलिगेसनको खतरा टरिसकेको छैन ।

    लिगमा १ खेल खेल्न बाँकी रहेको थ्री स्टार २९ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ । उ भन्दा मुनि रहेका खुमलटारको २७ र फ्रेण्ड्स क्लबको २६ अंक छ । लिगमा खुमलटारले १ र फ्रेण्ड्स क्लबले २ खेल खेल्न बाँकी छ ।

    ए डिभिजन लिगमा हालसम्मको ४३ औं संस्करण सकिँदासम्म मनाङ मस्याङ्दी क्लब ८ पटक च्याम्पियन बनेको छ । रानी पोखरी कर्नर टिम आरसिटीले ६ पटक, नेपाल पुलिस क्लब र एनआरटीले ४/४ पटक लिग जितेका छन् ।

    संकटा क्लब र महावीर क्लब र थ्री स्टार क्लबले ३/३ पटक उपाधि जितेका छन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ५ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    ६ दिन अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    १ हप्ता अगाडि

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ५ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    ६ दिन अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    १ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    २ हप्ता अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.