झापा । अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाले विद्यालय २ दिन विदा दिइएको छ ।
गाउँपालिका प्रमुख हुकुमसिंह राईले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले दुई दिन विदा गरिएको जानकारी दिए ।
पालिकाको सूचना अनुसार बुधबार र बिहीबार दुई दिन पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने छन् ।
हाललाई दिइएको विदा वर्षे बिदामा मिलान गरिने उल्लेख छ । पछिल्लो केही दिनयता झापामा बढेको अत्यधिक गर्मीले जनजीवन नै प्रभावित बनाएको छ ।
गर्मी बढेसँगै झापाका अन्य पालिकाले समेत बिदा दिने तयारी गरेको बुझिएको छ ।
