Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    काँकरभिट्टा खानेपानी संस्थाको अध्यक्षमा काँग्रेसका बुढाथोकी १८३ मतान्तरले बिजयी

    २८ जेठ २०८१ सोमबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी निर्वाचित हुनु भएको छ ।

    आज बिहान २ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले १९९१ मत प्राप्त गरी विजयी हुनु भएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी नेकपा एमालेका सन्तोस आचार्यले १८०८ मत प्राप्त गर्नु भएको छ ।

    अचार्य भन्दा १८३ मत बढी ल्याएर बुढाथोकी निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिनु भयो । अध्यक्षमा रास्वपाका उम्मेद्वार सुदर्शन खड्काले ३४६ मत प्राप्त गर्नु भएको छ ।

    त्यसैगरी उपाध्यक्षमा एमालेका गाविन्द गिरीले २२६२ मत प्राप्त गरी विजयी हुनु भएको छ । उपाध्यक्षका माओवादी केन्द्रका उम्मेद्वार राजकुमार दाहालले १२१९ मत प्राप्त गर्नु भएको थियो भने रास्वपाका कृष्ण सुवेदीले ६३० मत प्राप्त गर्नु भएको छ । 

    सचिवमा नेपाली काँग्रेसका विशाल तामाङ विजयी हुनु भएको छ । तामाङले १७४५ मत प्राप्त गर्नु भएको छ भने एमालेका जसपाका दिलिपजंग सुब्बाले १६६३ मत प्राप्त गर्नु भएको छ । त्यस्तै रास्वपाका नरेन्द्र शिवाकोटीले ५९८ मत पाउनु भएको छ ।

    कोषाध्यक्षमा एमालेका बिमला तामाङ विजयी हुनु भएको छ । तामाङले २०६५ मत ल्याएर विजयी हुँदा नेकपा एकिकृत समाजवादीकी विमला देवकोटाले १४६३ मत प्राप्त गर्नु भएको छ भने रास्वपाका सुधादेवी खड्काले ३९८ मत प्राप्त गर्नु भएको छ । 

    त्यसैगरी खानेपानी संस्थाको कार्यसमिति सदस्यहरुमा महिला तर्फ एमालेकी इन्दीरा बुढाथोकी र जसपाकी मिरा कार्की विजयी हुनु भएको छ । बुढाथोकीले १६६४ र कार्कीले १५४६ मत प्राप्त गर्नु भएको छ । त्यस्तै इकाई सदस्यतर्फ वडा नं. २, ३ र ४ बाट राप्रपाका इन्द्र प्रधानले १८८६ मत प्राप्त गरी विजयी हुनु भयो । वहाँका प्रतिस्पर्धी एमालेका तीर्थराज नेपालले १५९० मत प्राप्त गर्नु भयो ।

    त्यस्तै इकाई सदस्य वडा नं. ५ र ८ बाट काँग्रेसका केदारजंग भट्टराई १४६० मत प्राप्त गरी विजयी हुनु भएको छ भने सोही पदमा एमालेका पर्शुराम निरौलाले १३५९ र रास्वपाका राजकुमार गिरीले ९८८ मत प्राप्त गर्नु भयो । इकाई सदस्य वडा नं. ६ र ७ बाट एमालेका डिल्लीकमार काफ्ले १५८१ मत ल्याएर विजयी हुनु भएको छ । सोही पदमा पूर्णबहादुर लिम्बुले १४१६ र दिपेश तिवारीले ८५५ मत ल्याउनु भएको थियो । 

    त्यसैगरी लेखा समिति संयोजकमा एमालेका सोमराज ढकालले १५०८ मत प्राप्त गरी विजयी हुुनु भएको छ भने राप्रपाका किशोर शर्मा भण्डारीले १४३४ र रास्वपाका भेषराज ओलीले ८११ मत प्राप्त गर्नु भएको छ । लेखा समिति सदस्यमा बालकुमार भुजेल र जोस्ना राजबंशी विजयी हुनु भएको छ ।

    भुजेलले १६६० र राजबंशीले १७९९ मत प्राप्त गर्नु भएको छ । लेखा समिति सदस्यका अन्य उम्मेद्वारहरु विकास राउतले १२४८, प्रज्वल गौतमले ७५६ र रिता घिमिरेले १७२९ मत ल्याए पनि जितका लागि पर्याप्त भएन ।

    शनिवार सम्पन्न मतदानमा ४ हजार ९ सय १८ मत खसेको निर्वाचन समितिका संयोजक कार्कीले जानकारी दिनुभयो । काकरभिट्टा खानेपानीको निर्वाचनका लागि काँग्रेस, माओवादी, राप्रपा, नेपका एस र संघीय लोकतान्त्रीक मञ्चले संयुक्त प्यानल बनाएर उम्मेद्वार उठाएका थिए भने एमाले र जसपाले साझा उम्मेद्वारी दर्ता गरी चुनावी प्रतिस्पर्धामा थिए ।


     

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    १५ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    १५ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ६ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १५ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १५ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.