Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    धरानमा हर्क साङपाङले श्रमदानबाट भित्र्याए पानी (फोटो फिचर)

    ३१ जेष्ठ २०८०, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    धरान । खानेपानीको चरम अभावका कारण केही दिनदेखि काकाकुल बनेको सुनसरीको धरान उपमहानगरपालिकामा जनश्रमदान गरेर खानेपानी भित्र्याइएको छ। धरानका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानबाट धरानमा नयाँ खानेपानी भित्र्याइएको हो।

    null

    धरान उपमहानगरपालिका-२० मा पर्ने कोकाहा खोलाको पानी सुनसरीको बराहक्षेत्र नगरपालिका हुँदै घना जंगल क्षेत्रबाट धरान ल्याइएको हो। ९८ दिनसम्म चलाइएको जनश्रमदानबाट मंगलबार धरानमा खानेपानी भित्राइएको मेयर साम्पाङले बताए। 

    उनले  कोकाहा खोलाको पानी धरान ल्याइएसँगै धरानबासीलाई खानेपानी वितरणमा केही सहज हुने बताए। धरानमा पानी झारिएपश्चात पानी हेर्न धरानबासीहरूको भीड लागेको थियो। धेरै जसोले पानी झारेको स्थानमा नुहाएर खुसी व्यक्त गरेका थिए।

    कोकाहा खोला खानेपानी श्रमदान अभियानका प्रोजेक्ट म्यानेजर दत्त लिम्बुले करिब ४० किलोमिटर लम्बाईको दूरीबाट ४ करोड ५० लाख लागतमा धरानमा खानेपानी भित्र्याइएको बताए। उनले कोकाहा खोलाको खानेपानी धरान ल्याउन देशविदेशमा रहेका नेपाली, धरानबासी र विभिन्न स्थानबाट श्रमदानमा आएका व्यक्तिहरूको सहयोगमा खानेपानी धरान ल्याइएको बताए। म्यानेजर लिम्बुले श्रमदानबाट धरान झारिएको खानेपानी ल्याउँदा १० लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको बताए। 

    धरानमा खानेपानीको चरम अभाव भइरहेका बेला कोकाहा खोलाबाट ल्याइएको पानीले धरानबासीले भोग्दै आएको खानेपानी समस्यालाई केही राहत मिल्ने अपेक्षा गरिएको दैनिक श्रमदानमा खटिएका एनसी राईले बताए। उनले एकसय ४० एमएमको पाइपबाट धरान ल्याएको खानेपानी एक सेकेण्डमा १२ लिटरसम्म उत्पादन हुने अपेक्षा गरिएको बताए।

    null

    धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेलले कोकाहा खोलाबाट ल्याइएको खानेपानी बोर्डको ट्यांकीमा मिसाएर धरानबासीलाई वितरण गर्ने बताए। उनले कोकाहा खोलाबाट ल्याइएको खानेपानीको सबै प्रक्रिया पुर्‍याएर वितरण गरिने बताए। 

    null

    श्रमदान र स्वतस्फुर्त गरिएको आर्थिक सहयोगको माध्यमबाट कोकाहा खोलाको पानी धरान ल्याइएको छ। ४० किलोमिटर जंगल क्षेत्रमा प्लाष्टिकको पाइपबाट धरानमा खानेपानी ल्याइएको हो। जंगल क्षेत्रमा खुल्लारूपमा पाइपबाट पानी ल्याउँदा आगलागी र बाढी-पहिरो आउँदा पाइपमा क्षति पुर्‍याउने भएकाले यसको दीर्घकालीनरूपमा पाइपलाई व्यवस्थापन गर्न आवश्यक रहेको धरान १६ का भुपाल साम्पाङको सुझाव छ।

    जनश्रमदानबाट धरानमा खानेपानी ल्याएने मेयर साम्पाङ लगायतका श्रमदातालाई धरानवासिले धन्यवाद दिएका छन्।  

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    गाउँकी सोझी चेली बेचिए सहरमा

    ६ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    २ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    २ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.