Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    ह्वाट्सएपका निकै उपयोगी ५ फिचर, जो तपाईलाई थाहा नहुन सक्छ

    ३ असार २०८०, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्स एप त धेरैले चलाइन्छ, तर यसमा भएका कतिपय फिचरहरुको बारेमा धेरैलाई थाहा नहुनसक्छ ।

    ह्वाट्सएपमा यस्ता विभिन्न फिचरहरु छन् जुन निकै उपयोगी हुनुका साथ दैनिक जिवनमा समेत आवश्यक पर्दछन् । ती मध्ये ५ वटा फिचर यस्ता छन् ।

    • प्राइभेट मेसेज फिचर : ह्वाट्सएपमा ग्रुप च्याटका क्रममा कहिलेकाहीँ यस्तो पनि हुनसक्छ कि तपाइँले कुनै खास मेसेजको व्यक्तिगत रुपमा जवाफ दिनुपर्ने हुन्छ । यसका लागि Reply Privately फिचरको प्रयोग गर्न सकिन्छ । यो फिचर प्रयोग गर्नका लागि सुरुमा जुन मेसेजको प्राइभेट तरिकाले जवाफ दिन चाहनुभएको हो त्यसमा केहीबेर थिच्नुहोस्। त्यसपछि दायाँ माथिपट्टि तिनवटा डट भएको आइकनमा ट्याप गर्नुहोस् र त्यहाँ रहेको reply privately  अप्सन छान्नुहोस्। अब तपाइँ उक्त मेसेजको प्राइभेट तरिकाले जवाफ फर्काउन सक्नुहुन्छ ।
    • स्टाटसमा अडियो क्लिप : ह्वाट्सएपको सबैभन्दा पछिल्लो संस्करणमा भ्वाइस नोट शेयर गर्ने फिचर पनि उपलब्ध छ । तपाइँले आफ्नो कन्ट्याक्ट लिस्टमा रहेका व्यक्तिहरुलाई सुनाउनका लागि आफ्नो ह्वाट्सएपको स्टाटसमा कुनै अडियो क्लिप राख्न सक्नुहुन्छ। भ्वाइस स्टाटस राख्नका लागि सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् र स्टाटस ट्याबमा ट्याप गर्नुहोस् । दायाँ तलपट्टि छेउँमा रहेको पेन्सिल आइकलाई छान्नुहोस् । त्यसपछि माइक्रोफोन आइकनमा ट्याप गरेर भ्वाइस रेकर्ड गर्नुहोस् । तत् पश्चात् फोटो स्टोरीको रुपमा त्यसलाई शेयर गर्नुहोस् । ह्वाट्सएप स्टाटसमा केवल ३० सेकेण्ड सम्मको अडियो मात्रै शेयर गर्न सकिन्छ ।
    • फोन नम्बर सेभ नगरिकनै च्याट गर्न सकिने : यदि तपाइँले यस्तो काम गर्नुपर्छ कि जहाँ अपरिचित मानिसहरुसँग पनि दिनहुँ च्याट गर्नुपरोस् । तपाइँका लागि यो फिचर निकै उपयोगी हुनसक्छ । यसका लागि तपाइँले आफ्नो फोनमा सेभ नगरिएको उक्त नम्बरका लागि एउटा ह्वाट्सएप लिंक बनाउनुपर्ने हुन्छ । तत् पश्चात् सो लिंकमा क्लिक गरी उक्त नम्बरवाला व्यक्तिसँग च्याट गर्न सकिन्छ। उदाहरणका लागि तपाइँ कुनै ९८४१……. नम्बरसँग च्याट गर्न चाहनुहुन्छ भने तपाईले यो URLमा जानुपर्छ : https://wa.me/9841 यो लिंकमा क्लिक गरेपछि उक्त नम्बरसँग एक च्याटबक्स खुल्दछ, जसमा तपाइँले च्याट गर्न सक्नुहुन्छ।
    • होमस्क्रिनमा ह्वाट्सएप च्याट शर्टकट राख्ने : एन्ड्रोइड फोनमा तपाइँले आफ्नो होमस्क्रिनमा ह्वाट्सएपको कुनैपनि च्याट शर्टकर्ट राख्न सक्नुहुन्छ। यसका लागि आफुले शर्टकर्ट बनाउन चाहेको कुनैपनि ह्वाट्सएप च्याट खोल्नुहोस्। त्यसपछि माथि दायाँपट्टि किनारामा रहेको मेन्यूमा ट्याप गर्नुहोस् र more अप्सनमा जानुहोस्। त्यहाँ रहेको Add Shortcut मा ट्याप गर्नुहोस् र अन्तिममा Add बटन थिच्नुहोस्। यति गरेपछि तपाइँको फोनको स्क्रिनमा सो हट्सएप च्याटको शर्टकर्ट बन्दछ।
    • कुनै मान्छेलाई आफ्नो प्रोफाइल तस्वीर लुकाउनुहोस् : यदि तपाइँ आफ्नो ह्वाट्सएपको प्रोफाइल फोटो कोही निश्चित मान्छेले नदेखुन् भन्ने चाहनुहुनछ भने उनीहरुले मात्र नदेख्ने गरी लुकाउन सकिने अप्सन पनि ह्वाट्सएपमा रहेको छ।

    यसका लागि सबैभन्दा पहिले ह्वाट्सएप खोलेर Settings मा गई Privacy खण्डमा जानुहोस् । त्यहाँ रहे Profile Photo मा ट्याप गरी My Contacts वा My Contacts Excepts मध्ये कुनै एउटा अप्सन छान्नुहोस्।

    त्यसपछि आफ्नो प्रोफाइल फोटो नदेखाउन चाहेका नम्बरहरुलाई मार्क गर्नुहोस्। यति गरिसकेपछि उक्त फोन नम्बरका मान्छेहरुले तपाइँको ह्वाट्सएपको प्रोफाइल फोटो देख्न पाउँदैनन्। एजेन्सीको सहयोगमा

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    १ दिन अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    १ दिन अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ६ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १ दिन अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १ दिन अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.