Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कोशी प्रदेशमा विहीवारदेखि ट्राफिक सप्ताह शुरु: बालबालिकालाई हेल्मेट लगाएर कार्यक्रमको उद्घाटन

    ७ असार २०८१, शुक्रबार
    सन्देश पोस्टBy सन्देश पोस्ट११ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा, । झापा सहित कोशी प्रदेशमा विहीवारदेखि ट्राफिक सप्ताह शुरु भएको छ । दुर्घटना न्यूनीकरण तथा सचेतना जगाउने उद्देश्यले पूर्वका १४ जिल्लामा एक साथ ट्राफिक सप्ताह शुरु भएको हो ।
    कोशी प्रदेशको राजधानी विराटनगर सहित १४ वटै जिल्लामा ‘ट्राफिक सप्ताह–२०८१’ को उद्घाटन गरिएको हो । ‘दुर्घटना मुक्त समाजको चाहना, ट्राफिक प्रहरीको कामना’भन्ने मूल नारासहित बिहीबारदेखि सुरु भएको सप्ताहको विराटनगरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन् ।

    यता झापामा पनि दुई पाङ्ग्रे सवारी बढी मात्रामा दुर्घटनामा पर्ने गरेकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बालबालिकालाई हेल्मेट लगाइदिएर ट्राफिक सप्ताह शुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट विभिन्न संघ संस्था सहित शुरु भएको ¥यालीले बिर्तामोड नगर क्षेत्रको परिक्रमा गरेको थियो ।

    सचेतना मूलक प्लेकार्ड सहित शुरु भएको ¥यालीमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, खाने पानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मेघराज वास्तोला, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रकाश विष्ट लगायतका व्यक्तिहरु ¥यालीमा सहभागी थिए ।

    त्यस्तै सशस्त्र प्रहरी बल नम्बर २ गण १ वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, अरिदमन गण चारालीका प्रमुख प्राजु बस्न्यात, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख कुलचन्द्र नेपाल , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी,सहारा नेपाल साकाेसका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, बिर्तामोड ५ का वडा अध्यक्ष राेहित प्रसाईं लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    प्रमुख जिल्ला अधिकारी बास्तोला र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक केसीले दिश्रेया चौधरी र सदिपन गौतमलाई हेल्मेट लगाइदिएर कार्यक्रम उद्घाटन गरेका थिए ।

    नेपालमा मानिसहरूले अधिक सडक यातायात प्रयोग गर्ने र दुर्घटना समेत बढी हुने गरेकाले जनचेतनामार्फत दुघर्टना न्यूनीकरण गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।
    सप्ताहव्यापी रूपमा मनाइने कार्यक्रममा ‘सातै दिन सातै काम’ नाराका साथ ट्राफिकसँग सम्बन्धित अलगअलग कार्यक्रम गरिने प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए।

    एक हप्ताको अवधिमा ट्राफिक सचेतना जगाउने विभिन्न कार्यक्रमहरू गरिने उनले जानकारी दिए ।
    यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सहयोग गरेको भन्दै पुष्प भण्डारीलाई सम्मान गरिएको थियो ।

    केयर फष्ट फार्मेसी एण्ड केयर फष्ट डाइग्नोष्टिक सेन्टरका सञ्चालक भण्डारीलाई प्रमुख जिल्ला अधिकारी बास्तोलाले सम्मान गरेका हुन् । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी अस्वस्थ भएमा निःशुल्क उपचार गर्दै आएका छन् ।

    योसंगै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि गरिने विभिन्न कार्यक्रममा सहयोग पु¥याउँदै आएको बताइएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ४ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ६ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ७ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    २ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ४ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ६ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ७ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.