Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    त्रैमासिक प्रतिवेदन
    सन्देश पोस्टBy सन्देश पोस्ट५ घण्टा अगाडि
    Share
    Facebook Twitter WhatsApp

    त्रैमासिक प्रतिवेदन

    ८ असार २०८२, आईतवार,

    मेचीनगर ।
    असल मित्र नेपाल शाखा कार्यालय झापाले आफ्नो त्रैमासिक प्रतिवेदन तय गरेको छ । मेचीनगर ८ मा अवस्थित यस संस्थाले मानव बेचविखन रोकथाम तथा पुन:स्थपना परियोजना अन्तर्गत सचेतना मुलक कार्यक्रमहरु, उद्धार, पुन:स्थपना साथै अन्य सामाजिक कार्यहरु संचालन गर्दै आइरहेको छ । संस्थाले मानव बेचबिखन रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु,पुन:स्थापना,उद्वारजस्ता सामाजिक सेवामा स्थानीय सरकारी निकाय, सरोकारवाला
    निकायहरू संग सहकार्य र समन्वय गर्दै यस शाखाले २०८१ फागुन, चैत्र र बैशाख २०८२ को तिन महिनाको अवधिमा उल्लेखीत कार्यहरु सम्पन्न गरेको छ ।

    असल मित्र नेपाल झापाको आयोजनामा साथै मेचीनगर वडा नं. ८ को सहकार्यमा मेचीनगर ८ को सभा हलमा २०८१ फागुन २३ गते मानव बेचविखन तथा ओसारपसार साथै वैदेशिक रोजगार सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको थियो । यस संस्थाको झापाका जिल्ला अध्यक्ष श्री दल बहादुर गुरुङ्ग(रमेश) को अध्यक्षतामा साथै मेचीनगर वडा नं. ८ कार्यालयको कार्य बाहक अध्यक्ष श्री कुन्दन निरौला(वडा सदस्य) को प्रमुख अतिथी रहेको थियो । कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार भनेको के हो र सो कार्य गर्नेलाई नेपाल को कानुन बमोजिम के कस्ता सजाय हुन्छ साथै वैदेशिक रोजगार सम्बन्धी मौखीक तथा सचेतना मुलक ३ वटा भिडियो देखाइएको थियो । कार्यक्रममा ४१ जान सहभागी थिए र १७ वटा सचेतना मुलक पर्चा वितरण गरिएको थियो भने यस शाखाका प्रशासक तथा वित्त सहायक राजेश गुरुङ्गले कार्यक्रम संचालन गरेक थिए !

    यस संस्थाले २०८१ चैत्र २४ गते मेचीनगर वडा नं. ५ को सहकार्यमा मेचीनगरको दिपनगर टोल नकलबन्दामा मानव बेचबिखन तथा ओसारपसार साथै वैदेशिक रोजगार सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको थियो । यस संस्थाको झापाका जिल्ला अध्यक्ष श्री दल बहादुर गुरुङ्ग(रमेश) को अध्यक्षतामा साथै मेचीनगर ५ कार्यालयका वडा महिला सदस्य श्री माया प्याखुरेल को प्रमुख अतिथीत्यतामा भएको कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार भनेको के हो र यस बाट कसरी सचेत रहने साथै वैदेशिक रोजगार सम्बन्धी मौखीक तथा सचेतना मुलक ३ वटा भिडियो देखाइएको थियो । कार्यक्रममा ७२ जानको सहभागीता रहेको थियो र ३७ वटा सचेतना मुलक पर्चा वितरण भएको सो कार्यक्रम यस संस्थाका शाखा परामर्शकर्ता अस्मिता गुरुङ्गले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

    असल मित्र नेपाल झापाको आयोजनामा, मेचीनगर वडा नं. ४ कार्यालयको सहकार्यमा २०८१ चैत्र २६ गते बाहुन्डाँगी क्षेत्रमा २०० परिवार सदस्य भएको ४० घरमा मानव बेचविखन तथा ओसारपसार सम्बन्धी सचेतना मुलक घर दैलो कार्यक्रम गरी ४८ वटा सचेतना मुलक पर्चा वितरण गरिएको थियो ।

    २०८१ चैत्र २९ गते शुक्रबारको दिन असल मित्र नेपाल झापा र आफन्त नेपाल झापाको संयुक्त आयोजनामा साथै मेचीनगर वडा नं. ११ र इलाका प्रहरी कार्यालय धुलाबारीको सहकार्यमा वडा कार्यालयको सभा हलमा मानव वेचविखन तथा ओसारपसार, लैङ्गिक हिंसा, वैदेशिक रोजगार, लागू औषध तथा साईबर क्राईम सम्बन्धी किशोर-किशोरी र अभिभावकहरु माझ सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको थियो ! यस संस्थाको झापाका जिल्ला अध्यक्ष श्री दल बहादुर गुरुङ्ग(रमेश) को अध्यक्षतामा साथै मेचीनगर वडा नं. ११ कार्यालयका वडा अध्यक्ष श्री रुद्र डांगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा असल मित्र नेपाल शाखा कार्यालय झापाका प्रशासक तथा वित्त सहायक राजेश गुरुङ द्वारा मानव बेचविखन तथा ओसारपसार भनेको के हो र यसबाट कसरी सचेत रहने र वैदेशिक रोजगार सम्बन्धी मौखीक सचेतना तथा सचेतना मुलक २ वटा भिडियो देखाउने कार्य गर्नुका साथै इलाका प्रहरी कार्यालय धुलाबारीका असही रिसी निरौला द्वारा लागू औषध र साईबर काईम सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा ६३ जानको सहभागी रहेको र ७५ वटा सचेतना मुलक पर्चा वितरण गरिएको उक्त कार्यक्रममा आफन्त नेपाल झापाका जिल्ला संयोजक मात्रिका गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

    त्यसैगरी २०८२ वैशाख ३० गते यस असल मित्र नेपाल शाखा कार्यालय झापाको आयोजनामा स्थानिय सरकारी निकायका प्रतिनिधी ज्यूहरु साथै सरोकार निकायहरु माझ असल मित्र नेपाल शाखा कार्यालयको परिचयत्मक कार्यक्रम तथा सहकार्य बैठक सम्पन्न भएको थियो । यस असल मित्र नेपाल शाखा कार्यालय झापाका अध्यक्ष श्री दल बहादुर गुरुङ्ग(रमेश) को अध्यक्षतामा साथै मेचीनगर नगरपालिका को उपप्रमुख श्री मिना उप्रेतीको प्रमुख अतिथ्यतामा, विशिष्ट अतिथी संस्थाको केन्द्र कार्यालयका अध्यक्ष श्री ज्ञानबहादुर सुनुवार र सचिव श्री बीर बहादुर सुनुवार, पूर्व कोशी प्रदेश संसद श्री श्रीप्रसाद मैनाली साथै अतिथी मेचीनगर वडा नं. ८ का वडा अध्यक्ष श्री गिरीराज धमला र वडा सदस्य श्री कुन्दन निरौला, मेचीनगर वडा नं. ६ का वडा अध्यक्ष श्री ललित बहादुर तामाङ्ग, मेचीनगर नगरपालिकाका महिला विकास अधिकृत श्री जयन्ती खरेल, लौङ्गिक हिंसा विज्ञ श्री कमला उप्रेती रिजाल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख श्री राजन लामा, सिमा सशस्त्र प्रहरी बल, प्रहरी महिला सेल साथै विभिन्न सरोकार संघ संस्था लगायत यस संस्थाको केन्द्रीय कार्यालय साथै शाखा कर्मचारीहरुको उपस्थितीमा उक्त कार्यक्रम घारी रेष्टुरेण्टमा सम्पन्न भएको थियो र यस संस्थाको झापाका प्रशासक तथा वित्त सहायक राजेश गुरुङ्गले कार्यक्रम संचालन गरेको कार्यक्रममा असल मित्र नेपाल केन्द्रीय कार्यालयका कार्यक्रम तथा फिल्ड संयोजक रुथ मुखिया द्वारा संस्थाले गर्ने र गर्दै आएको कार्यहरु बारे प्रष्टयाउनु भएको थियो ।

    संस्थाले गरेको तीन महिनाको उपलब्धिहरु

    १७७ वटा सचेतना मुलक पर्चा वितरण ।
    १७६ जनाको सहभागीतामा विभिन्न सचेतना मुलक कार्यक्रमहरु सम्पन्न।
    मेचीनगरका ५ वटा विभिन्न वडाहरु मा सचेतना मुलक कार्यक्रमहरु सम्पन्न ।
    ४० घरमा मानव बेचबिखन तथा ओसार पसार र वैदेशीक रोजगार सम्बन्धी सचेतना मुलक घर दैलो कार्यक्रम सम्पन्न ।
    स्थानिय वडा, प्रहरी र सरवकार निकायहरु संग सहकार्य ।
    असल मित्र नेपाल झापा लाई सहयोगको लागि प्राप्त भएको निवेदन अन्तर्गत १ जना घरेलु हिंसामा परेका महिलालाई परामर्श साथै कानुनी सहयोग ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ४ घण्टा अगाडि

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    २ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ४ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    १ हप्ता अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    १ हप्ता अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    २ हप्ता अगाडि
    Leave A Reply Cancel Reply

    You must be logged in to post a comment.

    धेरै पढिएका खबर

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ४ घण्टा अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ५ घण्टा अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    २ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    ३ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ४ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    १ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    १ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.