Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    सशक्त प्रतिपक्षको भूमिकामा एमाले

    ७ असार २०८०, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । सरकारका निर्णयप्रति सडकदेखि सदनसम्म शसक्त प्रतिपक्षको भूमिका खेल्दै आएको संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछिल्लो समय सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ ।

    अघिल्लो राष्ट्रपतिले थाँती राखेको नागरिकता विधेयक प्रमाणीकरण गर्न वर्तमान राष्ट्रपतिसमक्ष पठाएको पत्र, जघन्य अपराधमा सजाय भोगिरहेका रेशम चौधरी सजाय मिनाहा, प्रधानमन्त्रीको भारत भ्रमण, भ्रष्टाचारका विषयवस्तुदेखि बजेटका सम्बन्धमा समेत एमालेले सदनदेखि सडकसम्म निरन्तर खबरदारी गरिहेको छ । पछिल्लो समयमा बजेटको विषयले सदनमा अझै चर्काचर्की चली नै रहेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको विषयलाई लिएर एक हप्ता सदन अवरुद्ध गरेको एमालेले यसअघि पशुपतिनाथमा राखिएको सुनको जलहरीका विषयमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सदनमा कुरा उठेपछि त्यसलाई रेकर्डबाटै नहटाएसम्म सदन चल्न दिएको थिएन ।

    संसद्मा एमालेका ७७ सांसदले एकै स्वरमा सरकारको काम कारबाहीको खुलेर विरोध जनाउँदै आएकोसमयमा सत्ता पक्षका सांसदहरूले समेत सरकारको काम कारबाही र बजेटका विषयमा असन्तुष्टि जनाएका छन् । भुटानी शरणार्थी काण्डले समेत संसद्मा केही दिन राम्रो स्थान पाएको थियो । पछिल्लो समयमा नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरी सजाय मिनाहा, बजेटलगायतका विषयमा एमालेले संसद् र सडकमा आफ्नो उपस्थितिलाई बलियो बनाएको छ । एमालेका नेता विशाल भट्टराइले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो सरकार आफैं सक्रिय नभई देशी विदेशी शक्तिको इशारामा चलेको छ । प्रभु खुशी बनाउने र उनीहरूकै इच्छाअनुसार राजनीतिक, आर्थिक गतिविधि सञ्चालन गर्ने सरकारको मनसाय देखिएकाले एमालेले प्रतिपक्षीको भूमिकामा रहेर खबरदारी गरिरहेको छ ।’ सरकारले विधिको शासनमा गलत नजीर स्थापना गर्न खोजेको भन्दै एमालेले संसद् र सडक दुवै स्थानबाट खबरदारी गरिरहेको उहाँको भनाइ थियो ।

    पछिल्लोपटक मंगलबार पनि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले सांसदहरू भीम आचार्य, दामोदर बैरागी र सुनिता बरालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा नेपाली भूमिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएपछि एमालेले संसद् बैठक नै अवरुद्ध पारेको थियो । प्रचण्डले नेपाल–भारत सीमा विवादबारे बोल्दै लिम्पियाधुरा र लिपुलेक बंगलादेशसँगको २७ किलोमिटर बाटोसँग साटफेर गर्न सकिने भन्ने किसिमको अभिव्यक्ति दिएको भन्दै एमालेले संसद्मा प्रतिवाद गरेको थियो । सदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा २ घण्टा लामो टिप्पणी गर्नुभएको थियो ।

    सरकारले करका दरमा गरेको हेरेफेरको विषयमा पनि एमालेले सडक र सदनबाट आवाज उठाउने निर्णय गरेको छ । जनसरोकारका मुद्दालाई आन्दोलनका रूपमा अघि बढाउन एमालेले देशभरिका पार्टी कमिटीलाई निर्देशन दिएको छ । संसद्मा एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिइरहेका छन् ।

    नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध आफ्ना सबै जनवर्गीय संगठनलाई सडकमा उतारेर विरोध जनाउन थालेको एमालेले सर्वोच्च अदालतमा रिट परेपछि मात्रै संसद् र सदनमा आफ्नो भूमिका परिवर्तन गरेको छ । एमालेको उक्त विरोधका सम्बन्धमा तराई केन्द्रित दल तथा नेताहरूले भने आपत्ति जनाएका छन् । राष्ट्रपतिबाट पारित भएको नागरिकता विधेयक एमालेकै विरोधका कारण कार्यन्वायनमा आउन नसकेपछि एमाले नेपाली नागरिकलाई नागरिकता नदिएर अनागरिक बनाइराख्न चाहने पार्टी भएको भन्दै नागरिकता विधेयक पक्षधरहरूले ओलीको चर्को विरोध गरेका छन् ।

    संसद् बैठकमा पर्यटन र शहरी विकास मन्त्रालयले कोसी प्रदेशलाई १ नम्बर र लुम्बिनी प्रदेशलाई ५ नम्बर प्रदेश उल्लेख गर्दै विनियोजित बजेट विवरण पुस्तिका सदनमा वितरण गरेपछि एमाले सांसदले विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले रुलिङ गरे पनि एमाले सांसदले अडान नछाडेपछि बैठक १५ मिनेटका लागि स्थगित गर्नुपरेको थियो ।

    एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी भएको नाताले पनि सरकारले गरेका गलत कदमलाई सच्याउन एमालेले सदन र सडकमा रचनात्मक र प्रभावकारी दबाब दिएको बताउनुभयो । यसैबीच एमालेको जनवर्गीय संगठन युवा संघले सरकार विरोधी कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गरेको जनाएको छ ।

    एमालेले सडक र सदनमा सिर्जना गरेको अवरोधलाई सत्ता पक्षले भने सहज रूपमा हटाउन सकेको छैन । सत्तापक्षका केही सांसदहरूले समेत प्रतिपक्षीलाई बल पुग्नेगरी सदनमा प्रस्तुत भएपछि सरकारको प्रस्तुति थप निरीह बन्दै गएको छ ।

    सरकारले गरेका जनमैत्री काममा समेत प्रतिपक्षी दल एमालेले अनावश्यक विरोध गर्दै आएको र त्यसमा कतिपय सत्ता पक्षकै सांसदले समेत स्वर मिलाएपछि सरकारको कामकारबाहीमा अवरोध सिर्जना भएको नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बताउनुभयो । ‘सरकारको विरोध गर्नु प्रतिपक्षको धर्म पनि हो ।

    तर, के एजेन्डामा कस्तो भूमिका खेल्ने भन्ने हुन्छ’, पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रतिपक्षबाट नितान्त विरोध र अवरोध मात्रै भएको छ । एमालेको विरोधमा सत्तापक्षकै कतिपय सांसदहरूले सार मिलाउँदा सरकारले गर्नुपर्ने काममा अवरोधहरू आएका छन् ।’

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    १५ घण्टा अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    १६ घण्टा अगाडि

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    ३ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ५ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    १ हप्ता अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    १५ घण्टा अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    १६ घण्टा अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    ३ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    ३ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ५ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    १ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    १ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.