Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    सन्देश पोस्टBy सन्देश पोस्ट७ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    बिर्तामोड।

    नेत्रहीन संघ झापाले आफ्नो २८औं स्थापना दिवस र १४५औं हेलेन केलर जयन्ती विविध कार्यक्रम गरी एकैसाथ मनाएको छ। संस्थाका अध्यक्ष होमनाथ राजवंशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मदन बुढाथोकी प्रमुख अतिथि थिए। कार्यक्रममा हरि बाँस्कोटा, मोहन शिवाकोटी, जनक भट्टराई, दोर्णचार्य निरौला, खेम रेग्मीलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरूलाई संगठित गर्दै आत्मनिर्भर बनाउने संस्थाको योगदानको सबैले प्रशंसा गरे। मोहन शिवाकोटीले संस्थालाई २५ हजार नगद सहयोग र ५० मुठ्ठा कुच्चो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले दृष्टिविहीन व्यक्तिहरूले आफैंमा सीमित नभई आत्मनिर्भर बन्नुपर्ने र समाजले सहयोग गर्नुपर्ने धारणा राखे।

    वडा अध्यक्ष बुढाथोकीले स्थानीय पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। खेम रेग्मीले संस्थाको प्रारम्भदेखि हालसम्मको सुख-दुःख र अनुभवहरू प्रस्तुत गर्दै तीन जनाले स्थापना गरेको संस्था २५ वर्ष पुगेकोमा खुशी व्यक्त गरे। उनले फरक क्षमतायुक्त व्यक्तिहरूद्वारा विभिन्न सीपमूलक कार्यहरू सञ्चालन भइरहेको जानकारी गराए।

    कार्यक्रमकै क्रममा सम्पन्न कम्प्युटर तालिम समापन कार्यक्रममा प्रमुख अतिथिको हातबाट प्रमाणपत्र वितरण गरियो। तालिम प्रशिक्षक मुना भट्टराई थिइन्। सहभागीहरूमा दिपक तामाङ, पवित्रा तामाङ, शम्भु राजवंशी, गोविन्द न्यौपाने, पवन पौडेल लगायत रहेका थिए।

    त्यस्तै, हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसको सञ्चालन पवन गिरीले गरेका थिए। प्रतियोगितामा हल्दिबारी, कमल, कचनकवल, भद्रपुर, गौरादह र बिर्तामोडका टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा बिर्तामोड प्रथम (रु. ५,०००), हल्दिबारी द्वितीय (रु. ३,०००), र कमल तृतीय (रु. २,०००) भएका थिए।

    कार्यक्रममा स्वागत गीत पवित्रा तामाङले प्रस्तुत गरे भने सञ्चालन दिलकुमार राजवंशीले गरेका थिए।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    ४ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ७ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ७ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ४ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.