Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने ?

    १७ असार २०८१, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१० महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ ।
    अधिकांस रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यी पुलहरु परिक्रमा गर्न सकिन्छ ।

    रुटमा सबैभन्दा बढी खेतहरु देख्न सकिन्छ । खोला तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिर चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउछ । खेत रहेको स्थानहरुमा, किसानहरुसंग मौसम अनुसारको तरकारी किन्न सकिन्छ ।

    साउन ५ गतेको साइकल यात्रा
    साउनको पहिलो सनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट सुरु गरी
    यात्रा अगाडि बढाउन सकिन्छ । काठमाण्डौमा खोलामा ढल मिसाउने चलन सुरु हुन अघि साउने खोला उर्लेर आउदा माछा मार्ने परम्परा थियो । यो परम्परालाई जीवन दिनको लागि ढलको ब्यबस्थापन गर्ने कार्य ढिलो गतिमा भैरहेको छ । खोला किनारमा फोहर बस्तु फाल्ने गतिबिधि कम गर्न को लागि पनि त्यहाँ साइकलको चहलपहल हुन आवश्यक छ ।

    साइकल यात्राको रुटहरु
    पाँचाख्य
    नेवार भाषामा पाँचा को अर्थ बालुवा र ख्यको अर्थ चौर हुन्छ । बालुवा जम्मा भएर बनेको चौरलाई पाँचाख्य भनिन्छ ।
    यस्तै ख्य भक्तपुरको जगाती र च्यांम्हासिहको बीचमा चाँगु नगर र सुर्यबिनायक नगरबाट बग्दै आएको खोलाहरुको संगम
    हनुमानघाटमा पनि छ ।

    यो चौरलाई हाल पाँच वटा पुलले घेरिएको छ । यहाँ नगरपालिकाको फोहर उठाउने गाडी राख्ने ग्यारेज पनि रहेको छ । यो ग्यारेजलाई अपग्रेड गरी सवारी पार्किङ स्थल बनाउन पर्ने स्थानीयको माग रहेको छ ।

    यहीबाट सहरका बिभिन्न स्थाल पुग्न कम समय लाग्छ । भक्तपुरबाट काठमाण्डौ र ललितपुर जाने गाडी यतैबाट जाने गरेको छ । यही चौरबाट साइकल यात्रा सुरु गर्दा पनि हुन्छ ।

    पाँचाख्य देखि थिमी पुल सम्म
    पाँचाख्यबाट साइकल यात्रा सुरु गरे पछि हनुमन्ते खोलामा भक्तपुर सहर र सुर्यबिनायक क्षेत्रबाट खोल्सीहरु मिसिन
    आउछ । यी खोल्सा तर्न बनेका र हनुमन्ते तर्न बनेका पुलहरु हुदै यात्रा थिमि स्थित पुलमा पुग्न सकिन्छ । यस क्रममा
    झटकिला बाट बग्ने खोल्सा, जगातीबाट बग्दै आएको खोल्सा, डागाचा खोल्सा, काल्हाचा खोल्सा, साते, घलाते लगायतका स्थानबाट खोल्साहरु हनुमन्तेमा मिसिन्छ ।

    थिमी देखि सल्लाघारी
    थिमीको पुल पुगे पछि भने हुनमन्ते पुल तरी थिमी नगर क्षेत्रमा पर्ने बाटो हुदै निकोसेरा हुदै सल्लघारी पुगिन्छ । यो
    स्थानमा फोहर पानी प्रसोधन गर्ने केन्द्र छ । तर हाल यो सञ्चालनमा छैन ।

    सल्लाघारी देखि टाउन प्लालिङ
    सल्लाघारीबाट भने तीन वटा टाउन प्लानिङ हुदै यात्रा डेकाचा सम्म पुग्छ । यहाँ टाउन प्लानिङको बेला बनेको फराकिलो
    बाटोमा साइकल सरर गुडाउन सकिन्छ । यो रुटमा केही नाम चलेका स्कूलहरु देख्न सकिन्छ ।

    डेकोचा देखि वन्ती सम्म
    यहाबाट अगाडी जाने ४ वटा बिकल्पहरु छन् । पहिलो बिकल्प दक्षिण तर्फको पीच रोड हुदै वन्ती पुग्ने होे । दोक्षो र तेश्रो
    बिकल्प खोलाको दायाँ र बाँया तिरमा रहेका गोरेटो बाटोमा साइकल डोर्‍याउदै खोलाको मज्जा लिनु हो । चौथो बिकल्प उत्तर मोडी इट्टा भट्टाको बाटो हुदै वन्ती पुग्ने हो ।

    वन्ती देखि छालिङ पुल सम्म

    वन्ती पुगे पछि पनि दुइ वटा बिकल्प छन् । एउटा बिकल्पको खोलाको किनारा हुदै बाटोमा काडा हटाएर छालिङ पुग्ने हो
    । अर्को भने साइकलमा कच्ची बाटो हुदै छालिङ पुल पूग्न सकिन्छ ।

    छालिङदेखि महादेवखोला पुल
    छालिङको पुलले चाँगु र भक्तपुर नगरको सिमाको काम गर्छ । यहाँबाट आर्मी ब्यारेक हुदै, यातु महादेव हुदै महादेव खोला
    पुल पूग्न सकिन्छ । अर्को चाही खोलाको तिर भन्दा अलि पर बनेको कच्ची बाटो हुदै चाँगु नगरपालिकको कार्यलय परिसर पुग्न
    सकिन्छ । यहाँबाट खरीपाटी बिद्युत तालिम केन्द्र भएर महादेव खोला पुल पुगिन्छ ।

    महादेवखोला पुल देखि ब्रम्हायणी पुल
    महादेव खोलाको किनारै किनार गोसले पुल, चोकिचिला पुल भएर ब्रम्हायणी पुगिन्छ । यहाँबाट कमलबिनायक टाउन
    प्लालिङ लगायतका स्थानहरु देखिन्छ । यहाँ १२ महिना तरकारी खेती भैरहेको हुन्छ ।

    ब्रम्हायणी देखि मल कारखाना
    ब्रम्हायणी देखि खोलाको किनारामा सहर बिकास गरिएकोले बाटो ब्यबस्थित छ । यसै क्षेत्रमा कर्भड हल, इन्जिरियरीङ
    कलेज र मल कारखाना देखिन्छ । नयाँ बनेको सहरमा पुरानो सहरको परम्पगरात उद्योगहरु सारिएका छन् । धौ, काष्ठकला, धातुकला, मुर्तिकला, माटोको भाडा बनाउने शिल्पीहरुको बसोबास यहाँ रहेको छ ।

    मलकारखाना देखि पाँचाख्य सम्म
    मल कारखाना अगाडी बन्दै गरेको पुल हुदै थुसाचाको दुवै पुल तरे पछि खोला किनारैबाट जेलाँ पुल र माहेश्वरी पुल
    पुगिन्छ । यहाँ बाट सय मिटर दक्षिण लागे पछि यात्रा सुरु गरेको पाचाख्यको पुल पुगे पछि यात्राको एक फन्को पुरा हुन्छ ।

    थप गन्तब्य
    यात्राको एक फन्को पछि अरु गन्तब्यहरुमा पनि जान सकिन्छ । आबश्यक परेमा अर्को फन्को पनि मार्न सकिन्छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २० घण्टा अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    ३ दिन अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    ४ दिन अगाडि

    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

    ५ दिन अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २० घण्टा अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ दिन अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    ३ दिन अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    ४ दिन अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    ५ दिन अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    १ हप्ता अगाडि
    चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार
    २ हप्ता अगाडि
    पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले गरे प्रदर्शन 
    १ महिना अगाडि
    तीनकुने घटनामा पक्राउ पर्नेकाे संख्या १११ जना पुग्यो
    १ महिना अगाडि
    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.