Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    ललिता निवास र नक्कली भुटानी प्रकरणको अनुसन्धानमा सरकार दृढताकासाथ अघि बढ्छः प्रधानमन्त्री

    १६ असार २०८०, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन् ।

    प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’

    भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउँदै उनले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको भन्दै प्रधानमन्त्रीले थप तीव्रताका साथ अघि बढ्ने बताए ।

    बजेट पास होला कि नहोला भन्ने तरङ्ग रहेको भन्दै उनले विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको बताए ।

    उनले भने, ‘यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।’

    अर्थतन्त्र धरासायी बढी नै हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको उनले बताए । यसपटकको भारत भ्रमण ऐतिहासक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको बताए ।

    ‘भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्’, उनले भने ।

    पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय भएको र विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको बताउँदै उनले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताए । यसबाट विद्युत् व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने बताउँदै यो आउने पिँढीले पनि सम्झिरहने काम भएको उल्लेख गरे ।

    राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले छिट्टै चीनको भ्रमणको तयारी भएको जानकारी गराए । चीनमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उनले बताए ।

    एयर रूटका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने भन्दै उनले चीन जाँदा पनि यो विषयमा छलफल हुने बताए । भ्रष्टाचारका सम्बन्धमा प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको र प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको भन्दै उनले यो प्रक्रिया अगाडि बढिरहेको छ र निरन्तर अगाडि जाने बताए ।

    पोखरामा हिजो सम्पन्न प्रदेशका मुख्यमन्त्रीको गम्भीर छलफलपछि सङ्घीय सरकारका लागि ध्यानाकर्षण गर्न साझा धारणा आएको र त्यो दूरगामी महत्वको रहेको उनले बताए ।

    त्यस्तै आज सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले सर्वसम्मत केही महत्वपूर्ण निर्णय गरेको भन्दै उनले त्यसले संविधान कार्यान्वयनमा देखापरेका कतिपय समस्यालाई सम्बोधन गर्ने काम गरेको बताए ।

    तीनवटै सरकारको बीचमा समन्वय गर्न र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन बैठकका निर्णय दूरगामी महत्वको रहेको उनले बताए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    ४ दिन अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    ६ दिन अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    १ हप्ता अगाडि

    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

    १ हप्ता अगाडि

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

    १ हप्ता अगाडि

    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    ४ दिन अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    ६ दिन अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    १ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    १ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    १ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि
    मेचीनगर ईसाई समाजको साधारण सभा असार १६ मा हुने
    २ हप्ता अगाडि
    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा
    २ हप्ता अगाडि
    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.