Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन

    १६ असार २०८२, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट५ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर ।
    मेचीनगर इसाई समाजले पहिलो ऐतिहासिक अधिवेशन सम्पन्न गर्दै पास्टर राजु खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। अधिवेशनले मेचीनगरका १५ वडाका तीन क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी समिति चयन गरेको हो।

    समितिमा बरिष्ठ उपाध्यक्षमा पास्टर महेश श्रेष्ठ, उपाध्यक्षमा पास्टर फिलिप घतानी (दिलिप), सचिवमा पास्टर देबेन्द्र तामाङ, सहसचिवमा पास्टर गोरखमान राई (सिलास), कोषाध्यक्षमा तबिता गुरुङ चयन भएका छन्। सदस्यहरूमा नबिन तामाङ, चन्द्रकुमार राई, कमल बिश्वकर्मा,पास्टर देबेन्द्र थापा, पास्टर भैरव राई, डेविट लुहार र अगुवा सनम राई रहेका छन्।

    निर्वाचन समितिको संयोजनमा सम्पन्न भएको अधिवेशनमा रेभ. एनोस गजमेर सभाध्यक्ष थिए। समितिमा फादर दशरथ खडियन,एल्डर रमेश गुरुङ सदस्यमा रेभ गाेपाल खनाल, पास्टर रामकुमार थापा र झापा इसाई समाजकाे अध्यक्ष रेभ.इसाहक सिन्चुरी सल्लाहकार रहेका छन्।

    करीब तीन दशकदेखि क्रियाशील रहेको मेचीनगर इसाई समाज जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि थप संस्थागत रूपमा अगाडि बढेको हो। मेचीनगरभित्र रहेका तीनवटा इसाई समाजहरूलाई एकीकृत गरी वर्तमान समाज गठन गरिएको हो।

    कार्यक्रममा झापा इसाई समाजका अध्यक्ष रेभ. इसाहक सिन्चुरी प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख वक्ता नाकालेण्डका मिसनरी निजो आङ्गामीले “हामी गोठालो हौं, भेडाहरूलाई खुवाउने, हुर्काउने जिम्मा परमेश्वरले दिनुभएको छ” भन्दै नवनिर्वाचित सदस्यहरूलाई इमानदार भएर सेवा गर्न आह्वान गर्नुभयो।

    समितिका सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै वरिष्ठ पास्टरहरूको आशीर्वादसहित अभिषेक गरेका थिए। कार्यक्रममा रेभ। इसाहक सिन्चुरी, रेभ. गोपाल खनाल, रेभ। एनोस गजमेर, पास्टर राम थापा, एल्डर तारा दाहाल, पास्टर कृष्ण धमला र पास्टर हरि थापागायतले शुभकामना व्यक्त गरेका थिए।

    नव निर्वाचित अध्यक्ष पास्टर राजु खडकाले तीन क्षेत्रको समन्वयमा समाजको हितमा काम गर्ने प्रतिबद्धता जनाउँदै भवन तथा जग्गा सम्बन्धी प्रस्ताव नगरपालिका समक्ष पेश भइसकेको जानकारी दिनुभयो।

    उच्च ओदामा (सत्ता वा अवसरको क्षेत्रमा) हाम्रो समुदायको पहुँच न्यून रहेकोले, त्यस स्थानसम्म पुग्न हामीले निकै प्रयास र प्रार्थना गर्नुपर्ने आवश्यकता छ। विशेषतः, युवा पुस्तालाई सही शिक्षा र आत्मविकासको अवसर दिँदै, उनीहरूलाई यस्तो पहुँच भएको स्थानमा पुर्याउन अत्यावश्यक छ।

    त्यसका साथै, विश्वासीहरूका रूपमा हाम्रो स्वभाव, एकता, प्रेम, इमान्दारिता तथा आन्तरिक कमजोरीहरूलाई सुधार गर्दै जानु पर्नेछ। आत्म-सुधारसँगै, आर्थिक समृद्धि प्राप्त गर्नु पनि जरुरी छ।

    हामी केवल ‘भोट बैंक’ भएर बस्ने होइन, आफूले पाउने हक र अधिकारहरूबारे सजग भई त्यसको माग गर्न सक्नुपर्छ। यद्यपि, हाल हामी ती अधिकारहरूबाट वञ्चित छौं, तर यदि हामीले यी सबै पक्षहरूलाई मध्यनजर गर्दै सचेत र सशक्त रूपमा अघि बढ्यौं भने, हामी स्वयं सक्षम बन्न सक्ने अध्यक्ष खड्काले उल्लेख गर्नुभएको छ।

    धुलाबारीस्थित कृष्ण पार्टी प्यालेसमा भएको कार्यक्रमकाे अन्तिम समापन प्रार्थना पास्टर रामकुमार थापाले गर्नुभएकाे थियोे भने सञ्चालन एल्डर रमेश गुरुङले गर्नुभएको थियो।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ हप्ता अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    २ हप्ता अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    ३ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ हप्ता अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    २ हप्ता अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    ३ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    ४ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    १ महिना अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    १ महिना अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    १ महिना अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.