Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    सन्देश पोस्टBy सन्देश पोस्ट३ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १९ असार २०८२,
    जनमत पार्टीका स्थायी समिति सदस्य ई. दीपक कुमार साहले पार्टीभित्र नेतृत्व चयनमा बढ्दो “परिवारवाद”प्रति कडा आपत्ति जनाउँदै सार्वजनिक रूपमा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

    एक प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टी अध्यक्षले आफ्ना पारिवारिक सदस्यहरूलाई योजनाबद्ध ढंगले उच्च पदमा मनोनयन गर्दै पार्टीको आन्तरिक लोकतन्त्र र मूल्य–मान्यतालाई कमजोर बनाएको आरोप लगाएका छन्।

    साहका अनुसार, २०७७ सालमा अध्यक्षकी श्रीमती बबिता कुमारी राउतलाई उपाध्यक्ष पदमा नियुक्त गरेर सुरु भएको यो प्रवृत्ति हाल अध्यक्षका दाजु डा. जय कान्त राउतलाई राष्ट्रिय उपाध्यक्ष पदमा मनोनयनसँगै झन स्पष्ट भएको छ। उनले अघिल्लो जिम्मेवारीहरू जस्तै योजना आयोग सदस्य, राष्ट्रिय परिषद अध्यक्ष, संगठन विभाग प्रमुख लगायतका जिम्मेवारीहरू पनि परिवारिक घेराभित्रै सिमित राखिएको गुनासो गरे।

    साथै, स्थायी समिति सदस्य तथा उपाध्यक्ष नरेन्द्र चौधरीका दाजु दान बहादुर चौधरी, जो पहिले पार्टीविरोधी गतिविधिमा संलग्न थिए, उनलाई राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी दिनु “पार्टी आस्था र मूल्यमा गम्भीर प्रहार” भएको साहले जनाएका छन्।

    ई. दीपक कुमार साहले संगठन निर्माणमा योगदान दिएका नेताहरू—जस्तै इ. कबिन्द्र यादव र इ. सुरेन्द्र नारायण यादव—लाई पन्छाउँदै गरिएको निर्णयप्रति गहिरो चिन्ता व्यक्त गर्दै पाँच बुँदे माग अघि सारेका छन्। ती मागहरूमा पारिवारिक सञ्जालको अन्त्य, योग्य कार्यकर्ताको प्रतिनिधित्व, पारदर्शिता, पुराना नेताहरूको सम्मान र नेतृत्व शैलीमा सुधारजस्ता विषयहरू समावेश छन्।

    उनले चेतावनी दिएका छन् कि पार्टीभित्र आलोचना, आत्मसमीक्षा र सुधारको संस्कार नबसालिए मधेशका जनताको विश्वास गुमिने खतरा बढेको छ। “भविष्यमा पार्टीले क्षति बेहोर्नुपरेमा यसको जिम्मेवारी नेतृत्वले लिनुपर्नेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    ६ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    ६ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ५ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    ६ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ६ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ५ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    २ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.