Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मलेसियालाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जिते उपाधि

    १९ असार २०८०, मंगलवार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो । 

    एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

    नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ‌ओभरमा मात्र ३१ रन बनाएर आउट भयो  । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर स्कोरमा रन नै बनाउन सकेनन् । मलेसयाका ५ जना ब्याटरले खाता खेल्न सकेनन् ।

    नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए । ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो ।

    नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान गरे । उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए ।

    नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६,  सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५,  क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन अतिरिक्त पायो ।

    मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक/एक विकेट लिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्

    ९ घण्टा अगाडि

    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक

    २ हप्ता अगाडि

    नागरिकता नियमावली चौथो पटक संशोधन

    २ हप्ता अगाडि

    कृपा फ्री मेथोडिस्ट चर्च काँकरभिट्टाद्वारा भव्य ख्रीष्टमस कार्यक्रम सम्पन्न

    २ हप्ता अगाडि

    ख्रीष्टमस : ऐतिहासिक तथ्य, विश्वास र उद्धारको सन्देश

    ३ हप्ता अगाडि

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्
    ९ घण्टा अगाडि
    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक
    २ हप्ता अगाडि
    नागरिकता नियमावली चौथो पटक संशोधन
    २ हप्ता अगाडि
    कृपा फ्री मेथोडिस्ट चर्च काँकरभिट्टाद्वारा भव्य ख्रीष्टमस कार्यक्रम सम्पन्न
    २ हप्ता अगाडि
    ख्रीष्टमस : ऐतिहासिक तथ्य, विश्वास र उद्धारको सन्देश
    ३ हप्ता अगाडि
    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    १ महिना अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    १ महिना अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    १ महिना अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    २ महिना अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.