बिर्तामोड ।
झापाको बिर्तामोड–३ स्थित बिराटपोखरी क्षेत्रमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। सिद्दार्थ बैंकको सहयोगमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख पवित्रा महत, वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकी, स्थानीय टोल समिति, बुद्धिजीवी, समाजसेवी तथा बिर्ताबजार प्रहरी चौकीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा साना बालकदेखि जेष्ठ नागरिकसम्मको सक्रिय सहभागिता देखिएको थियो। सहभागीहरूले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा वृक्षरोपणको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्ने आवश्यकता औंल्याएका थिए।

वृक्षरोपणमा धूपी, सुपारी, सितारा, बेलीलगायत ३०० भन्दा बढी बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सिद्दार्थ बैंकका कोशी प्रदेश प्रमुख सुवास श्रेष्ठ पनि सहभागी थिए।

सस्थागत तथा सामुदायिक सहकार्यमा सम्पन्न भएको यो अभियानले स्थानीय क्षेत्रमा हरियाली विस्तारको अपेक्षा गरिएको छ।