विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
_37DjHPVMuY.jpg)
कोशी प्रदेश नामकरण परिवर्तन नहुने पहिलो अभिव्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन् ।