Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    भ्रष्टाचार अभियोगमा झापा गाउँपालिकाका अध्यक्ष साह निलम्बित

    २७ असार २०८०, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा, २७ असार । भ्रष्टाचारको अभियोगमा मुद्धा दर्ता भएका कारण झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह पदबाट निलम्बित हुनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँसहित ११ जनाविरुद्ध झापा गाउँपालिका वडा नं. ३, ६ र ७ स्थित लक्ष्मीमार्ग सडक ग्राभेल परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्धा दर्ता गरेको थियो ।

    कानूनतः सार्वजनिक पदधारण गरेको व्यक्तिविरुद्ध अदालतमा भ्रष्टाचार मुद्धा दर्ता भएपछि पद स्वतः निलम्बित हुन्छ । साह निलम्बनमा परेपछि आज झापा गाउँपालिकाको बैठक बसेर उपाध्यक्ष अञ्जुदेवी थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

    अध्यक्ष साह र उपाध्यक्ष थपलिया दुबै जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।

    अख्तियारले झापा गाउँपालिकाकी निवत्र्तमान उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, वार्ड सदस्य फणिन्द्र खरेल, इन्जिनियर अभिषेक दास, सव इन्जिनियर विज्ञान चम्लगाई समेतलाई आरोपी बनाएर मुद्धा दर्ता गरेको छ ।

    मुद्धा दर्ता भएकै कारण वार्ड सदस्य फणिन्द्र खरेल, इन्जिनियर अभिषेक दास र सव इन्जिनियर विज्ञान चम्लगाई समेत पदबाट निलम्बनमा पर्नुभएको छ ।

    आर्थिक वर्ष २०७४÷०७५ को बिनियोजित बजेटबाट झापा गाउँपालिकास्थित लक्ष्मी मार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको ७ किलोमिटर बाटो बनाउँदा झुठा प्रगति विवरण र अनुगमनको आधारमा २२ लाख ९ हजार ८२३ रुपैयाँ ४० पैसा अबैध रुपमा भुक्तानी गरेको अख्तियारको आरोप छ ।

    आरोपीहरुमा लक्ष्मी मार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शान्तादेवी सुब्बा राई भन्ने शन्तमाया सुब्बा लिम्बूले नगरपालिकासँग भएको सम्झौता बमोजिमको सर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने कामहरू नगरी भुक्तानी लिएको अख्तियारले दावी गरेको छ ।

    झापा गाउँपालिका वडा नं. ६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बानियाँ, वडा नं. ७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा नं. ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेशविरुद्ध पनि मुद्धा दर्ता भएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २० घण्टा अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    ३ दिन अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    ४ दिन अगाडि

    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

    ५ दिन अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २० घण्टा अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ दिन अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    ३ दिन अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    ४ दिन अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    ५ दिन अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    १ हप्ता अगाडि
    चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार
    २ हप्ता अगाडि
    पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले गरे प्रदर्शन 
    १ महिना अगाडि
    तीनकुने घटनामा पक्राउ पर्नेकाे संख्या १११ जना पुग्यो
    १ महिना अगाडि
    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.