Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मन्त्री हेरफेरको छलफलमा प्रधानमन्त्री

    २७ असार २०८०, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा लाग्नुभएको छ । सरकारलाई जनमत पार्टीलाई एउटा मन्त्रालय दिने तयारी छ ।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अन्य मन्त्रीको कार्य सन्तोषजनक नभएको गुनासो आइरहेको बेला केही मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी छलफल भइरहेको स्रोतको दाबी छ ।

    ‘प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू हेरफेरका विषयमा आफ्ना निकटका नेताहरूसँग छलफलमा हुनुहुन्छ’, नेकपा माओवादी केन्द्रका एक नेताले भने– ‘कार्य मूल्याङ्कनमा कसैले नराम्रो काम गर्नुभएको छ, राष्ट्र तथा पार्टीको हितविपरीतमा काम गर्नुभएको छ भने त्यस्तालाई सरकारमा राख्न हुँदैन भन्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड पनि हुनुहुन्छ तर अहिले त्यस्तो अवस्था आएको छैन ।’

    सरकारलाई समर्थन गरेको जनमत पार्टीले विकासे मन्त्रालय माग गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले पनि जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रतिवद्धता जनाइसक्नुभएको छ । तर, कसलाई हटाएर जनमतलाई सरकारमा सामेल गराउने भन्ने अप्ठ्यारो भएपछि आफ्नो पार्टीले पाएको मन्त्रालय हेरफेर गरेर केहीलाई राख्ने, केहीलाई हटाउने सोचमा प्रधानमन्त्री पुग्नुभएको नेताहरूले बताएका छन् ।

    पार्टीका केन्द्रीय सदस्य एवं सांसद राजन दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आफ्नै पार्टीका मन्त्री वा अरू कुनै मन्त्री फिर्ता बोलाउन सकिने बताउनुभयो । पार्टीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पनि सरकारमा जाने चर्चा चलिरहेको छ ।

    त्यसमध्ये उपमहासचिव पुनलाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डको मनस्थिति रहेको श्रोतको दाबी छ । यसअघि नै प्रचण्डले वर्षमानलाई सरकारमा ल्याउन चाहे पनि नयाँ दल रास्वपाका सभापति रवि लामेछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएर सरकारमा गएपछि पुनले आफू सहभागी नहुने बताउनुभएको थियो ।

    प्रधानमन्त्री प्रचण्डका निजी सचिवालय स्रोतका अनुसार पार्टीले पाएको सबै मन्त्रालय हेरफेर गर्नुभन्दा पनि एक जना कसैलाई हटाएर जनमतलाई सरकारमा ल्याउनेबारे छलफल चलिरहेको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    २ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    २ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.