Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    बप्तिस्मा दिने “यूहन्ना” ख्रीष्टका अग्रदूत

    “परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो, यूहन्ना १ः६ ।”
    सन्देश पोस्टBy सन्देश पोस्ट१० महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    – होमराज राई

    वास्तवमा बप्तिस्मा दिने यूहन्ना परमेश्वरले चुन्नुभएको बिशेष अग्रदूतको रुपमा लिन सकिन्छ । उनी साँच्चीनै बाइबलमा भएका अन्य अगमबक्ताहरुका तुलनामा अतिनै महत्वपूर्ण ब्यक्ति हुन्, जसको बारेमा अध्ययन गर्नु अति आवश्यक मैले ठानेको छु । किनकि उनले पुरानो र नयाँबीच पुल निर्माण गर्ने काम गरेका छन् ।
    “इस्राएलमा एक पटक यस्तो समय थियो जुन बेला अगमवक्ता र अगमवाणी हराएको थियो । ‘ मलाकीदेखि मत्तीसम्म अन्धकारको यूगको समय थियो । यो समय अगमवाणी र अगमवक्ता नजन्मेको लगभग ४ सय बर्ष भइसकेको थियो । यसैको अन्त्यतिर बप्तिस्मा दिने यूहन्नाको आवाज यहुदियाको उजाड स्थानमा आयो । उनको आवाज परमेशवरबाटको थियो । जुन आवाज यहुदीयाहरुको लागि खुशीको आवाज थियो ।”
    त्यो समयमा प्रमु येशू नासरतमा हुनुहुन्थ्यो र सेवकाईमा आउनु भएको थिएन । तर यूहन्नाले येशूको लागि बाटो तयार पार्दै थिए ।
    “परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो, यूहन्ना १ः६ ।”

    १. यूहन्नाको जन्मको रहस्य ः

    यूहन्नाको जन्महुन अघि नै परमेश्वरले उनका आमा–बुवालाई बिशेष कामको निम्ति जन्मने बारे बताउँनुहुन्छ ।
    बप्तिस्मा दिने यूहन्ना आमाको गर्भदेखिनै पबित्र आत्माको भरिपूर्ण परमेश्वरले चुन्नुभएको बिशेष ब्यक्ति थिए । हामीले लूकाको पुस्तकमा हेरौं भने स्पष्टरुपमा थाहा पाउँछौं ।

    उनी उमेर ढल्किसकेका पुजाहारी जकरिया र एलिशिवाको कोखबाट बप्तिस्मा दिने यूहन्नाको जन्म भएको थियो । लूका १ः८–१७ मा,“जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो । धूप बाल्ने बेलामा परमप्रभुका एकजना स्वर्गदूत धूपवेदीको दाहिनेपट्टि देखा परे । जकरिया आत्तिए र भयभीत भए । तर दूतले भने, “नडराऊ जकरिया, तिम्रो प्रार्थनाको सुनाइ भएको छ । अब तिम्री पत्नी एलीशिवाले एउटा छोरो जन्माउनेछिन् । र तिमीले तिनको नाम यूहन्ना राख्नु । तिनीे परमप्रभुको सामुन्ने महान हुनेछन् । तिनले दाखमद्य र कुनै पनि मद्य कहिल्यै पिउनेछैनन्, र आमाको गर्भदेखि नै पबित्र आत्माले भरिपुर्ण हुनेछन् ।


    परमेश्वरले बृद्ध भइसकेका जकरिया र एलिशिवाको कोखबाट एउटा छोरो यूहन्ना दिनुभयो ।

    २. यूहन्नाको बाल्यकाल :

    यूहन्ना केही नभएको उजाड स्थानमा रहेर शारीरिकरुपमा बढ्दै र परमेश्वरको आत्मिकतामा बलियो हुँदै गए । उनी शारीरिकरुपमा परमेश्वरको काम गर्न सक्षम नभइन्जेल र आत्मिकरुपमा परमेश्वरको राज्यको काम गर्न वा उहाँको आत्मिक ज्ञानद्धारा बलियो हुन उजाड स्थानमा बस्नुभयो , लूका १ः ८० ।” उनी वयस्क अवस्थासम्म यहूदियाको मरुभूमिमा नै हुर्के ।

    ३. जीवन शैली :

    बप्तिस्मा दिने यूहन्नाको एकदमै बेग्लै किसिमको जीवनशैली थियो । रुपरंग बेग्लै,रुची बेग्लै,जीवन लक्ष्य बेग्लै, उँटको रौंबाट बनेको लुगा थियो । कम्मरमा छालाको पेटी बाँधेको थियो । खाना अरुले जस्तो थिएन, उनले खाने खाना भनेको सलह र बनमह थियो । बासस्थान मरुभुमीमा थियो ।

    ४. वास्तवमा बप्तिस्मा दिने यूहन्ना को थिए ?

    बिभिन्न नाउँहरुद्धारा येशूलाई चिनिन्छ भने बप्तिस्मा दिने यूहन्नालाई पनि बिभिन्न नाउँले चिनिन्छन् ।
    यशैयाले अगमबाणी गरेका थिए कि साँचो उद्धारकर्ताको आगमनको घोषणा गर्नलाई उजाडस्थानमा कराउनेको आवाजजस्तै परमेश्वरले कोहि व्यक्तिलाई पठाउनु हुनेछ । बप्तिस्मा दिने यूहन्ना त्यही आवाज थिए ।
    – उजाड स्थानमा एक जना कराउनेको आवाज, मत्ती ३ः३ र यूहन्ना १ः२३, यशैया ४०ः३, ।
    – परमेश्वरबाट पठाइएका एक जना मानिस थिए,जसको नाउँ यूहन्ना थियो, यूहन्ना १ः६, ।
    – परमेश्वरबाट पठाइएका समाचारवाहक , मलाकी ३ः१ ।
    – “जसको बिषयमा धर्मशास्त्रमा लेखिएको छ, ‘हेर, म आफ्नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, मती ११ः१०र मर्कूस १ः२,।”
    – सर्वोच्चका अगमवक्ता,
    “हे बालक, तिमी सर्वोच्चका अगमवक्ता कहलाइनेछौ,किनकि तिमी प्रभूको अगिअगि उहाँको मार्ग तयार पार्न जानेछौ, लूका १ः७६ ।” बप्तिस्मा दिने यूहन्ना बाइबलमा भएका अन्य अगमवक्ताहरुको तुलनामा अति नै महत्वपूर्ण ब्यक्ति हुन् ।

    ५. बप्तिस्मा दिने यूहन्ना संसारमा पठाउनुको कारण के हो ?

    परमेश्वरको राज्यको बाटो तयार पार्नको निम्ति बप्तिस्मा दिने यूहन्नालाई बृद्ध आमा–बुवाको कोखबाट संसारमा पठाउँनुभयो । मर्कूस १ः२, यशैया ४०ः३ ।

    बप्तिस्मा दिने यूहन्नाको संसारमा यी बिशेष चार कुराहरु प्रष्ट पार्नुभयो ।

    क. “परमेश्वरको राज्य नजिक छ । पश्चताप गर र बप्तिस्मा लेओ ।”
    ख. “असल फल नफल्ने हरेक रुखलाई काटिनेछ ।”
    ग. “मभन्दा पछि आउनुहुने उहाँ मभन्दा अघि हुनुहुन्छ ।”
    घ. “संसारको पाप उठाइ लैजानुहुने परमेश्वरको थुमालाई हेर १”

    ६. उहाँ निडर र साहसी थिए ।

    बप्तिस्मा दिने यूहन्ना एक साहसी ब्यक्ति थिए । कसैको डरको प्रवाह नगरी सत्य कुरा बोलि रहे । त्यो बेला राजा हेरोदको समयमा यो काम गर्न सजिलो थिएन । तरै पनि निडरका साथ कराइ रहे ।
    – यूहन्नाले बप्तिस्मा लिन आउने भीडहरुलाई भने ए, सर्पका बच्चा हो । राज्यलाई नै पश्चातापको आह्वान गर्ने एक साहसी र शक्तिशाली ब्यक्ति थिए ।

    ७. सत्य बोल्ने :

    यूहन्नाले सिद्ध बलिदानको घोषणा गरे । “संसारका पाप उठाइ लैजानुहुने परमेश्वरको थुमालाई हेर, मैले भनेका ब्यक्ति उहाँ नै हुनुहुन्छ ।” यसो भन्दै यूहन्नाले नदीको किनारमा भएका मानिसहरुकहाँ र सुसमाचार सुन्ने संसारका सबै मानिसहरुकहाँ येशू मसिहलाई प्रस्तुत गरे । यूहन्नाले मानिसहरुलाई स्पष्टसंग बताइदिए कि उहाँलाई नै प्रतिज्ञाका प्रकाश र उद्धारकर्ताकोरुपमा प्रकट गराउनको निम्ति परमेश्वरले पठाउनु भएको हो ।
    यूहनाले भ्रष्ट संसारमा परमेश्वरको सत्य बचन बोलिरहे र यहुदीहरुलाई पश्चताप गर्न सिकाएर पानीको बप्तिस्मा दिए ।
    धेरै मानिसहरु येशू कहाँ आए, र तिनीहरुले भने,–“यूहन्नाले कुनै चिन्हहरु गरेनन्,तर यूहन्नाले यिनको बिषयमा जे जति भनेका थिए त्यो सत्य रहेछ , यूहन्ना १०ः४१ ।”

    ८. चुनौती दिन सक्ने :

    यूहन्नाले हेरोदको शासनकालमा निकै चुनौती लिए । डराएनन्, तर आफ्नो ज्यानको बाजी लाउन तयार भए । मर्कूस ६ः१७–१८ ।
    उनले धार्मिक अगुवाहरु र प्रशासकहरुलाई खराब ठहराएर पश्चाताप गर्न आह्वान गरे ,र सबैले आफ्ना सारा अधर्महरु पश्चताप गरेर बप्तिस्मा लिन आए ।

    ९. उनको महान उचाई :

    बप्तिस्मा दिने यूहन्नाको कद परमेश्वरका जनहरुमध्ये सबैभन्दा उच्चा रहेको भन्न सकिन्छ ।
    – परमेश्वरको पुत्र येशू ख्रीष्टलाई बप्तिस्मा दिने अवसर पाए ।
    – परमेश्वरको राज्यको बारेमा धेरैले सुन्ने अवसर पाए ।
    – येशूले समेत उनको बारेमा ठूलो प्रशंसा गर्नु भएको छ ।, मत्ती ११ः११ मा “साँच्चै म तिमीहरुलाई भन्दछु,–स्त्रीबाट जन्मेकाहरुमा बप्तिस्मा दिने यूहन्नाभन्दा महान् अरु कोही भएको छैन ।”

    १०. बिनम्र र नम्र :

    यूहन्नाले म येशूको जुत्ताको फिता खोल्न योग्यको छैन र म पछि आउनुहुने म भन्दा महान हुनुहुन्छ भनेका थिए । यहाँ यूहन्नाले आफूलाई बिनम्र तुल्याएको वा होच्याएको पाइन्छ ।
    १ पत्रुस ५ः६ मा यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनी तिमीहरु आफूलाई बिनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरुलाई उच्च पार्नुहुनेछ ।

    यस पाठबाट सिक्नुपर्ने कुराहरु :

    परमेश्वरले तपाई र हामीलाई पनि उहाँको राज्य बिस्तारको निम्ति बोलाउनुभएको छ । हाम्रो सेवकाइको जीवनमा सजिलो छैन, तर यूहन्नाले जस्तै आफ्नो मिसनलाई पुरा गर्न यूहन्ना जस्तै निडर चुनौती दिन सक्ने, साहसी,नम्र,सत्य बोल्ने र बिश्वासयोग्य हुन आवश्यक छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    गाउँकी सोझी चेली बेचिए सहरमा

    ६ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    २ हप्ता अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ३ हप्ता अगाडि

    आमा दिदीबहिनीहरुद्धारा बिश्वब्यापी ४० दिने उपबास प्रार्थना सम्पन्न

    २ महिना अगाडि

    न्यू लाइफ पेन्तिकोष्टल चर्चले मनायो रजत महोत्सव

    ३ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    १ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.