Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेची भन्सारबाट रु १४ अर्ब राजस्व संकलन,अघिल्लो वर्षभन्दा कम उठ्यो

    १ श्रावण २०८०, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ ।

    उहाँका अनुसार भन्सारले गत आवमा रू २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो ।

    पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व सङ्कलनमा असर परेको रेग्मीको भनाइ थियो । कोरोना महामारीपछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा लगातार ह्रास आइरहेको उनले बताए ।

    मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रू १७ अर्ब ५३ करोड १९ लाख २८ हजार र आर्थिक वर्ष २०७७/७८ मा रू १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

    आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा रू तीन अर्ब ४८ करोड ४३ लाख ८९ हजार राजस्व कम सङ्कलन भएको छ ।

    पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बङ्गलादेशसहित उत्तरी भारतको पश्चिम बङ्गाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व सङ्कलन गर्ने निकाय हो । तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्

    ४ घण्टा अगाडि

    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक

    २ हप्ता अगाडि

    नागरिकता नियमावली चौथो पटक संशोधन

    २ हप्ता अगाडि

    कृपा फ्री मेथोडिस्ट चर्च काँकरभिट्टाद्वारा भव्य ख्रीष्टमस कार्यक्रम सम्पन्न

    २ हप्ता अगाडि

    ख्रीष्टमस : ऐतिहासिक तथ्य, विश्वास र उद्धारको सन्देश

    ३ हप्ता अगाडि

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्
    ४ घण्टा अगाडि
    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक
    २ हप्ता अगाडि
    नागरिकता नियमावली चौथो पटक संशोधन
    २ हप्ता अगाडि
    कृपा फ्री मेथोडिस्ट चर्च काँकरभिट्टाद्वारा भव्य ख्रीष्टमस कार्यक्रम सम्पन्न
    २ हप्ता अगाडि
    ख्रीष्टमस : ऐतिहासिक तथ्य, विश्वास र उद्धारको सन्देश
    ३ हप्ता अगाडि
    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    १ महिना अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    १ महिना अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    १ महिना अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    २ महिना अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.