Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कोशी प्रदेश सरकार : माओवादीले नछाड्ने, एमालेले पनि ननिकाल्ने

    सन्देश पोस्टBy सन्देश पोस्ट१० महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    विराटनगर । संघीय सरकार बनाउँदा केन्द्रमा राजनीतिक समीकरण बदलिए पछि प्रदेश सरकारहरु पनि फेरिने विगतको अभ्यासलाई कोशी प्रदेशमा संभवतः लागू नहुने भएको छ ।

    कोशी प्रदेशका दलहरुले प्राप्त गरेको सांसदको संख्याका आधारमा सधैंभरि सरकार अस्थिर बनिरहेको परिप्रेक्ष्यमा केन्द्रको परिवर्तन पछि कोशीमा के होला भन्ने चर्चा पनि चलिरहेको हो ।

    कोशी प्रदेशमा संसदीय अंक गणितका कारण सकसपूर्ण ढंगले निर्माण भएको एमाले नेतृत्वको सरकार छ। जसमा माओवादी केन्द्रका तीनजना मन्त्री र एकजना राज्यमन्त्री अहिले सरकारको जिम्मेवारीमा छन् ।

    संघीय सरकारबाट माओवादी केन्द्रको बहिर्गमनसँगै कोशी प्रदेशमा पनि सरकार छाड्ने अवस्था बने पनि अहिलेसम्म सरकारबाट बाहिरिएको छैन।

    किन यस्तो भइरहेको र अबको दिशा के हुने भन्ने सम्बन्धमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले निवर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन्।

    काठमाडौंस्थित खुमलटारमा रहेको प्रचण्ड निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ।

    पूर्वप्रधानन्त्री दाहालसँगको भेटमा कोशी सरकारबारे मुख्यमन्त्रीले चाहेसम्म सहकार्यलाई निरन्तरता दिनसकिने निष्कर्ष निकालिएको आङ्बोले बताएका छन् ।

    अध्यक्षको र प्रदेश पार्टीसँगको छलफलपछि नै अहिलेसम्म माओवादी सरकारमा बसेको र मुख्यमन्त्रीसँग सहमति गरेर यो सरकार बनाएको समेत उनले बताए।

    उनले भने,‘ उहाँ (मुख्यमन्त्री)ले चाहेसम्म हाम्रो सहकार्य र साथ रहन्छ। अरू कसैको व्यक्तिगत आग्रह र चाहनामा हामी बहकिँदैनौँ।’

    यता,एमालेले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने बेलासम्म प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरूलाई बर्खास्त नगर्ने बताइएको छ।

    माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिई मन्त्रीहरु फिर्ता बोलाउँदा पनि कांग्रेस नेता केदार कार्कीले विश्वासको मत नलिई पद ओगटिरहँदा प्रदेश प्रमुखले उनलाई बर्खास्त गरेका थिए ।

    उक्त समयमा माओवादीले एमाले नेता कार्कीलाई समर्थन गरेर वर्तमान सरकार बनेकाले पनि एमाले उसलाई चिडाउन चाहिरहेको छैन ।

    अक्करिलो परिस्थितिबाट बनेको हिक्मत कार्की नेतृत्वको वर्तमान प्रदेश सरकार अवधि पूरा नगरी बाहिरिएमा संवैधानिक संकट पनि उत्पन्न हुने कानुनविदहरुको राय छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    २ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    २ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.