Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    अस्पताल वरिपरि सुर्तीजन्य पदार्थ तथा मदिरा निषेध

    ३ साउन २०८०, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । भद्रपुर–८ स्थित प्रादेशिक अस्पताल आसपास आगामी भदौ १ गतेदेखि सुर्तीजन्य पदार्थ तथा मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइने भएको छ । भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयले आफ्नो वडामा पर्ने प्रादेशिक अस्पताल लक्षित गरी पहिलो चरणमा अस्पताल आसपासको १०० मिटर (सार्वजनिक स्थल)मा सूर्तीजन्य पदार्थ तथा मदिरा बेचबिखनमा प्रतिबन्ध लगाउन लागेको हो । वडा कार्यालयले सो अभियान सफल बनाउन मंगलवारदेखि सन्देश तथा जनचेतनामूलक अभियान शुरु गरेको छ ।

    वडा कार्यालयले नेपाल रेडक्रस सोसाइटी झापा शाखाको भवनमा सूर्तीजन्य तथा मादक पदार्थ निषेधित क्षेत्र घोषणा तयारी बैठक सम्पन्न गरेपश्चात् अस्पताल वरिपरिको सडकमा होर्डिङ बोर्ड लगाउनुका साथै स्टिकर टाँस गरिसकेको छ । प्रदेश सांसद मोहन महर्जनको प्रमुख आतिथ्यमा भएको तयारी बैठकमा नगर प्रमुख गणेश पोखरेलले नगर क्षेत्रमा वडा नम्बर ८ बाट यो अभियान शुरु भएको जानकारी गराए ।

    अब नगरपालिकाले नीति बनाएर नगरभरिका सार्वजनिकस्थलमा सूर्तीजन्य तथा मादक पदार्थ निषेधित अभियान छिट्टै सञ्चालन गर्ने उनले बताए । सूर्तीजन्य तथा मादक पदार्थ अभियान सफल बनाउन नगरको पाठ्यक्रममा पनि यसलाई समावेश गरिने उनको भनाइ छ । त्यस्तै नगर उपप्रमुख राधा कार्कीले कानून बने पनि सार्वजनिक स्थलमा सूर्तीजन्य तथा मादक पदार्थ अझै पनि बिक्री वितरण भइरहेकोले यसको नियन्त्रण तथा रोकथामका लागि नगरपालिका लागीपर्ने बताइन् ।

    त्यस्तै वडाध्यक्ष गौरव सुब्बाले पहिलो चरणमा अस्पताल लक्षित गरी यो अभियानको सुरुवात गरेको बताए । ‘म लागेँ भने लागँ–लागेँ, यो अभियान सफल बनाएरै छाड्छु’– उनले भने– ‘सूर्तीजन्य तथा मादक पदार्थ निषेधित क्षेत्रमा बिक्री तथा सेवन गर्ने दुवै पक्षलाई कानून बमोजिम कारबाही गरिन्छ ।’ ‘यो अभियान सफल बनाउन सबैको साथ र सहयोग चाहिन्छ’– उनले भने ।

    बैठकमा अधिवक्ता कुलप्रसाद दाहालले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथाम ऐन २०६८को बारेमा जानकारी गराउँदै १८ वर्ष नपुगेकाले सूर्तीजन्य तथा मदिरा बिक्री तथा सेवन गर्नु हुँदैन । १८ वर्ष मुनिका बालबालिकाले सूर्तीजन्य तथा मदिरा बिक्री तथा सेवन गरेमा दुवैलाई कानून बमोजिम कारबाही हुने ऐनमा उल्लेख भएको अधिवक्ता दाहालले बताए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    ३ दिन अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    ४ दिन अगाडि

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    १ हप्ता अगाडि

    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार

    २ हप्ता अगाडि

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    २ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    ३ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    ३ दिन अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ४ दिन अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    १ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    २ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    २ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    ३ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    ३ हप्ता अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    ४ हप्ता अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    ४ हप्ता अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.