Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    पुर्वी नाका काँकरभिट्टामा कडाइ : १०० रुपैयाँ बढीको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने

    ५ साउन २०८०, शुक्रबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । पुर्वको प्रमुख नाका काँकरभिट्टा भन्सार कार्यालय हुँदै सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर एकसय रुपैयाँभन्दा बढी मूल्यको सामान नेपाल भित्राएमा भन्सार लाग्ने भएको छ ।

    नेपाल सरकारले यहि साउन १ गतेदेखि लागू हुने गरी सो नियम लगाएको भएपनि आजबाट भने पुर्णरुपमा यो नियम लागु गरिएको हो। मेची भन्सार कार्यालयले जारी गरेको सूचना अनुसार एक सयभन्दा बढी मूल्यको कुनैपनि सामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजान सूचित गरिएको छ ।

    अन्यथा जाँचपास नगराई लगिएको मालसामान भन्सार परिसर भन्दा बाहिर पाइएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारवाही हुने सूचनामा जनाइएको छ । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सारको दावी छ ।

    भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीको समेत माग पूरा गर्दै भन्सार नाकामा कडाइ थालिएको हो ।

    सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुत्साहित गर्न पूर्वी नाका काँकरभिट्टामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउने भएको छ ।

    यहि विषयमा आज बसेको सर्वदलिय छलफलले नियमलाई अक्षरस् पालना गर्दै जाने निर्णय गरेको छ । शुक्रबार मेचीनगर नगरपालिका र मेची उद्योग बाणिज्य संघको सहकार्यमा बसेको सर्वदलिय छलफलले १०० रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिराउने, बजार व्यवस्थापन र अनुगमन समिति बनाउने लगायतका तीन वटा निर्णय गरेको बताइएको छ ।

    नगरपालकाकी उपमेयर मीना पोखरेल उप्रेतीको अध्यक्षता र मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको सहजिकरणमा छलफल कार्यक्रम भएको थियो ।

    मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले केन्द्रको नीति अनुसार यो नियम लागू गरिने बताएका छन्, । सरोकारवाला पक्षसँगको छलफलपछि यो नियम कडाईका साथ लागू गरिने उनको भनाई छ ।

    कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले सरकारको नीति, नियम र लेवलको कुरा राम्रो रहेको बताए । उनले यो नियम नाकाबाट सुरुवात गर्न आग्रह गरे ।

    ‘खुल्ला सीमाना भएका कारण समस्या छ’, सांसद तामाङले भने–‘सीमालाई सुरक्षित र सहज बनाउनु पर्छ । चेकजाँचलाई व्यवस्थित गर्नुपर्छ ।’

    कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्व मेयर विमल आचार्य, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दिपक भारती, सशस्त्र प्रहरी बल भन्सार राजश्व आउट पोष्टका प्रमुख डीएसपी निर्मल थापा, नेकपा एमाले मेचीनगर इन्चार्ज चन्द्र प्रसाई, माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, नेपाल जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपका मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला, समाजसेवी डिल्लीराम घिमिरे, यातायात व्यवसायी विष्णुकुमार श्रेष्ठ, कपिल क्षेत्री लगायतले यो नियमबाट सिर्जना हुने समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

    मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले भन्सार प्रमुख रेग्मीलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएका छन् । सो ज्ञापनपत्र महासचिव दिनेश शाक्यले बाचन गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

    २ घण्टा अगाडि

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    १ दिन अगाडि

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    २ दिन अगाडि

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    ३ दिन अगाडि

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ५ दिन अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    ५ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    २ घण्टा अगाडि
    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    १ दिन अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    २ दिन अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    ३ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ५ दिन अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ५ दिन अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १ हप्ता अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    १ हप्ता अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    १ हप्ता अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.